दमकमा मदन भण्डारी स्पोर्टस एकाडेमीको सरसफाई कार्यक्रम

,   लिम्बुवान न्युज
                       

दमक, १० माघ । मदन भण्डारी स्पोर्टस एकाडेमीले दमकमा सरसफाई कार्यक्रम गरेको छ । आज भएको उक्त कार्यक्रम दमक बसपार्कबाट शुरु गरेर गणतन्त्र चोकसम्म पुगेर समापन गरिएको थियो ।

उक्त सरसफाई अभियानलाई दमक नगरपालिकाका प्रमुख समेत रहेका नेकपाका केन्द्रीय सदस्य रोमनाथ ओलीले शुरुवात गर्दै व्यक्ति स्वयंले सरसफाई नियमित गर्नुपर्ने बताए । उनले यसलाई जनचेतनाका रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।

नेकपा ओली पक्षका नेतृत्व एवं कार्यकर्ताहरुका साथै भातृ संगठन र एकाडेमीका पदाधिकारी, सदस्यहरु, यातायात व्यवसायी, मजदुरसहित दमक नगरपालिकाका नगर प्रहरी लगायत स्थानीय युवाहरु सो सरसफाई कार्यक्रममा सहभागी थिए । एकाडेमीका अध्यक्ष लोकेश न्यौपानेले सामाजिक क्षेत्रमा युवाहरुलाई परिचालन गर्ने उद्देश्यका साथ सो कार्यक्रम गरिएको वताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;