पौडेल वंश महासंघको झापा जिल्ला अध्यक्षमा नेत्र पौडेल चयन

,   लिम्बुवान न्युज
                       

दमक। आत्रेय गोत्रीय पौडेल वंश सम्बद्ध संस्थाहरुको छाता संगठन पौडेल वंश महासंघ झापाको प्रथम जिल्ला भेला दमकमा सम्पन्न भएको छ ।
आज भएको भेलाले बर्षौंदेखि अस्तित्वमा रहेका पौडेल सम्बद्ध विभिन्न संघ, संस्थाका प्रतिनिधिहरुसहित पौडेल बन्धुहरु सहभागी भेलाले नेत्र पौडेलको अध्यक्षतामा महासंघको जिल्ला समिति गठन गरिएको हो ।

दमक ७ स्थित पौड्याल वंशोद्वार केन्द्रिय समितिको भवनमा सम्पन्न भेलाले उपाध्यक्षमा हरि पौडेललाई चयन गरेको छ । त्यस्तै सचिवमा छबिलाल पौडेल र कोषाध्यक्षमा मुना पौडेललाई चयन गरेको छ । सदस्यहरुमा सुकदेव, शिव, काजिमान, गोपाल र गोविन्द प्रसाद पौडेल चयन भएका छन ।

महासंघको जिल्ला समितिलाई जिल्लाका सबै पालिकाहरुबाट बन्धुहरुको प्रतिनिधित्व हुने गरी विस्तार गरिने जनाइएको छ । महासंघका केन्द्रिय अध्यक्ष लोकनाथ पौडेलको प्रमुख आतिथ्यमा भएको उक्त भेलाको अध्यक्षता डिल्लीराम पौडेलले गरेका थिए ।

कार्यक्रमको उद्देश्यमाथि केन्द्रिय सचिव उद्धव पौडेलले प्रकाश पारेका थिए भने सो भेलामा प्रमुख अतिथी लोकनाथसहित महासंघकी केन्द्रिय उपाध्यक्ष बालिका पौडेल र केन्द्रिय सदस्य कमल प्रसाद पौडेलले पनि शुभकामना मन्तव्य राखेका थिए । सदस्य उद्धव पौडेल, कालिकोटे खडका बन्धु समाजका अध्यक्ष धनबहादुर खडका लगायतले शुभकामना मन्तव्य राखेकाे महासंघका केन्द्रिय सदस्य युवराज पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;