मुख्यमन्त्री राईको विवाह काठमाडौंको एलिस रिसेप्शनमा हुँदै

 लिम्बुवान न्युज
                       

काठमाडौ। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिदैछन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका मुख्यमन्त्री राईले आइतबार अर्थात ११ माघमा काठमाडौंको नक्सालस्थित एलिस रिसेप्शनमा भोज दिँदैछन् ।

विवाह समारोहमा आफन्तजन, राजनीतिकर्मी, कर्मचारी र केही कुटनीतिज्ञहरुलाई मात्र निमन्त्रणा गरिएको बताइएको छ । समारोहमा निम्तालुलाई आइतबार दिउँसो ३ बजेपछि निमन्त्रणा गरिएको छ । मुख्यमन्त्री विवाह समारोहको तयारी गर्नका लागि काठमाडौं आइसकेको र विवाह समारोहका लागि सम्पूर्ण तयारी भइसकेको स्रोतले बताएको छ ।

मुख्यमन्त्री राई र ज्याङ्मुको विवाह समारोहमा पाँच सयको हाराकारीमा निम्तो बाँडिएको बताइएको छ । त्यसमध्ये केही पत्रकारसमेत परेका छन् ।

भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह हुन लागेको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएसँग समाजसेवामा सक्रिय ज्याङ्मु र मुख्यमन्त्री राई समाजसेवाकै सिलसिलामा नजिक भएको बताइन्छ ।

विवाह पार्टी हुने स्थानलाई सजाउने काम तीव्र चलिरहेको छ । दुलहा–दुलही बस्ने ठाउँदेखि पाहुना रहने ठाउँहरु चिरिच्याट्ट बनाइएको स्रोतले जनाएको छ ।

(दृष्टिन्यूजबाट)

सम्बन्धित समाचार

दमक कृष्णमन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

दमक, ३१ वैशाख । झापाकाे दमक–४ स्थित कृष्ण मन्दिर परिसरमा विद्यालक्ष्मी एजुकेसन फाउन्डेसनको आयोजनामा तथा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको सहकार्यमा एक दिने निशुल्क स्वास्थ्य प्रवर्द्धन शिविर सम्पन्न भएको छ। “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित ...

तेस्रो माइजोगमाई अध्यक्ष कपको उपाधि माङ्सेबुङलाई

दमक, ३१ वैशाख । माङ्सेबुङ गाउँपालिकाले तेस्रो माइजोगमाई अध्यक्ष कप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।  बुधबार सम्पन्न फाइनल खेलमा देउमाई नगरपालिकालाई टाइब्रेकरमा ४–१ गोल अन्तरले पराजित गर्दै माङसेबुङ च्याम्पियन बनेको हो । निर्धारित समय १–१ गोलको बराबरी पछि खेल टाइब्रेकरमा पुगेको थियो । दोस्रो हाफको ७औं मिनेटमा माङसेबुङका आशाङ लिम्बूले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । एक गोलले पछि परेको देउमाई २५औं मिनेटमा किरण...

निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिमकाे समापन

अजित धिमाल उर्लावारी, ३१ वैशाख/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिकाे आयाेजनामा भएकाे निशुल्क १ महिने पेटानि (बाेन्हा) बुन्ने तालिम सम्पन्न भएको छ । धिमाल परियाेजना स्थल, उर्लाबारी-३, मंगलबारेमा आज एक कार्यक्रमकाे आयाेजना गरि तालिम...

माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने

बेलबारी, ३० वैशाख / संयुक्त पहिचानवादी माेर्चालाई सशक्त बनाउन माेरङ जिल्ला स्तरिय अभियान सन्चालन हुने भएकाे छ । पहिचानवादी माेर्चा, जिल्ला संयाेजन समिति, माेरङकाे साेमबार बेलबारीमा बसेकाे बैठकले माेर्चालाई सशक्त बनाउन संगठन बिस्तार, अन्तरकृया, भेटघाटलाई...