दमक मै १२ करोडको उद्योग संचालन, कोरियन प्रविधिको फाइवर सिरक डसना बनाइदै

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमक ९ मा १२ करोड बढीको लागतमा फिदर कम्फुटर म्यानुफ्याक्चरर्स प्रालिले एक उद्योग सञ्चालनमा ल्याएका छन । उक्त उद्योग एक बर्ष अघिदेखि तीन सिटौंला दाजुभाई लक्ष्मी प्रसाद सिटौला, नायारण सिटौला र केशव सिटौलाले संचालनमा ल्याएका हुन् ।

दमक मै कोरियन प्रविधि प्रयोग गरी फाइवरको सिरक डसना बनाउने उद्योग खोलेपछि बजारमा त्यस्ता (न्यानो) कपडाको आपूर्ति सहज हुनका साथै ठुलो संख्यामा स्थानीयले रोजगारीको अवसर पाएका छन ।

१५ कठ्ठा जग्गामा स्थापना गरेको सिरक, डसना र कम्बल बनाउने उद्योग प्रदेश नं. १ कै ठुलो भएकोे सञ्चालकहरुको दाबी छ । सिटौला दाजुभाई एकताका अलग–अलग समयमा बैदेशिक रोजगारीका लागि अलग–अलग ठाउँमा गएका थिए । सञ्चालक मध्येका उद्योगी लक्ष्मी प्रसाद सिटौलाका अनुसार एक बर्ष अघिदेखि सञ्चालनमा आएको सो उद्योगले स्थानीय ६०–६५ जनाले रोजगारी दिइरहेको बताए ।

कोरियन प्रविधि मार्फत निर्माण गरिने सिरक, डसना, कम्बल, सिरानी जस्ता अनिवार्य आवश्यकताका बस्तुहरुको बजारमा अभाव र बेरोजगार जनशक्तिलाई हेरेर स्वदेशमै केही गरौं भन्ने उद्देश्यले उद्योग स्थापना गरिएको सिटौलाले बताए । उक्त उद्योगमा रोजगारीको अवसर पाउनेमा महिला धेरै छन ।

१२ करोड जति लगानी रहेको उद्योगमा करिब ५ करोड मुल्य बराबरको सामान स्टक रहेको कम्पनीले जनाएको छ ।

उद्योग स्थापनाका लागि कम्पनीका सञ्चालकहरुले २ बर्ष अघिदेखिनै अध्ययन अनुसन्धान गर्दै आएको बताए । सिटौला दाजुभाईलेनै विदेशमा देखे जानेको कुरालाई स्वदेशमा उपयोग गर्ने सोच बनाएर स्थापना गरेको सो उद्योगमा दैनिक ८ सय वटा सिरक, डसना बन्ने गरेका छन् ।

उद्योगमा उत्पादित सिरक, डसना स्थानीय बजारसंगै पश्चीममा कैलाली, दाङ, पोखरा, सुर्खेत लगायतका ठाउँ सम्म पुग्ने गरेको छ । गर्मीको समयमा तयारी गर्छौं, जाडो शुरु भएपछि बजारमा जान्छ– संचालक लक्ष्मीप्रसादले भने ।

आफ्नाे उत्पादनमा गुणस्तरीयताकै कारण उद्योग स्थापनाको एक बर्षमा नै बजारमा ठुलो हिस्सा ओगटन सफल भएको कम्पनीको दावी छ । उद्योगले सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आएको जनाएको छ ।

(तस्वीरः निष्कर्श न्यूजबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...