अमेरिकामा बस्दै आएकि मनिषाद्वारा आश्रमलाई लत्ताकपडासहित खाद्यन्न सहयोग

 लिम्बुवान न्युज
                       

दमक, ११ माघ।  झापाकाे दमक–६ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएकी मनिषा एवई राईले दमक ९ स्थित अनाथ बालबृद्धाश्रममा जाडोमा उपयोगी लत्ताकपडासहित खाद्यन्न सहयोग गरेकी छिन् ।

आज आश्रममै एक कार्यक्रम गरि त्यहाँका आश्रित असहाय बालबालिकाहरुका लागि ६ थान ओढ्ने फाइवर सिरकसहित ५० केजी चामल, ४ लिटर खानेतेल, ५ केजी चिनी, ५ केजी दाल, साबुन, व्रस लगायतका उपभोग्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रम कमल ५ स्थित नन्द चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानको संयोजनमा भएको थियो । सामाजिक कार्यमा सक्रिय राईले आफूले आर्जन गरेको रकमवाट खाजा खर्च कटाएर यस्ता मानवीय सेवाको कार्यमा सहयोग पुरयाँउदैआएकी छिन् ।

ती सहयोग सामाग्रीहरु दमक ९ का वडाध्यक्ष राम बहादुर धिमाल, प्रतिष्ठानका सचिव विष्णु सुब्बाले आश्रम सञ्चालक समितिकी उपाध्यक्ष मन्दरा पौडेल र कोषाध्यक्ष मेनुका बुढाथोकीसहित बालबालिकाहरुलाई हस्तान्तरण गरेका थिए ।

सो आश्रममा हाल १६ जना असहाय तथा विपन्न वर्गका बालबालिकाहरु आश्रित छन । कार्यक्रममा वडाध्यक्ष धिमाल र आश्रमका तर्फबाट सञ्चालक समिति उपाध्यक्ष पौडेलले सहयोगी दाताप्रति धन्यवाद प्रकट गरेका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...