अमेरिकामा बस्दै आएकि मनिषाद्वारा आश्रमलाई लत्ताकपडासहित खाद्यन्न सहयोग

 लिम्बुवान न्युज
                       

दमक, ११ माघ।  झापाकाे दमक–६ घर भई हाल अमेरिकामा बसोबास गर्दै आएकी मनिषा एवई राईले दमक ९ स्थित अनाथ बालबृद्धाश्रममा जाडोमा उपयोगी लत्ताकपडासहित खाद्यन्न सहयोग गरेकी छिन् ।

आज आश्रममै एक कार्यक्रम गरि त्यहाँका आश्रित असहाय बालबालिकाहरुका लागि ६ थान ओढ्ने फाइवर सिरकसहित ५० केजी चामल, ४ लिटर खानेतेल, ५ केजी चिनी, ५ केजी दाल, साबुन, व्रस लगायतका उपभोग्य सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रम कमल ५ स्थित नन्द चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानको संयोजनमा भएको थियो । सामाजिक कार्यमा सक्रिय राईले आफूले आर्जन गरेको रकमवाट खाजा खर्च कटाएर यस्ता मानवीय सेवाको कार्यमा सहयोग पुरयाँउदैआएकी छिन् ।

ती सहयोग सामाग्रीहरु दमक ९ का वडाध्यक्ष राम बहादुर धिमाल, प्रतिष्ठानका सचिव विष्णु सुब्बाले आश्रम सञ्चालक समितिकी उपाध्यक्ष मन्दरा पौडेल र कोषाध्यक्ष मेनुका बुढाथोकीसहित बालबालिकाहरुलाई हस्तान्तरण गरेका थिए ।

सो आश्रममा हाल १६ जना असहाय तथा विपन्न वर्गका बालबालिकाहरु आश्रित छन । कार्यक्रममा वडाध्यक्ष धिमाल र आश्रमका तर्फबाट सञ्चालक समिति उपाध्यक्ष पौडेलले सहयोगी दाताप्रति धन्यवाद प्रकट गरेका थिए ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...