स्पेन बन्यो २०२६ को विश्वकप विजेता

,   लिम्बुवान न्युज
                       

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो ।

स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो । तर निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन । अतिरिक्त समयमा धकेलिएको खेलको पहिलो हाफमा पनि कुनै गोल हुन सकेन । तर फेर्रान टोरेजले १ सय ६ मिनेटमा गरेको गोलमा स्पेनले उपाधि जितेको हो ।

निको विलियम्सले दिएको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले गोल गरेका थिए । स्पेनले यसअघि २०१० मा दक्षिण अफ्रिकामा पहिलो विश्वकप जितेको थियो ।

दोस्रो हाफको इन्जुरी टाइममा इन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । ब्राजिलका काफुपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३ विश्वकप खेल्ने कीर्तिमान बनाए । तर उनले फाइनलमा कुनै जादु देखाउन सकेनन् । उनी अधिकांश समय स्पेनको मिडफिल्डको घेराभित्रै रहे ।

यसअघि १९७८, १९८६ र २०२२ को पछिल्लो संस्करणमा विश्वकप जितेको अर्जेन्टिनाले फाइनलमा भोगेको यो चौथो पराजय हो । २०२२ को कतारमा भएको पछिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि जितेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;