२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

 लिम्बुवान न्युज
                       

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ ।

किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका प्रतिनिधिको सहभागितामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।

बुधबार जिल्ला अध्यक्ष सेसेहाङ फियाकको नेतृत्वमा गएको टोलीले ऐतिहासिक नुनपानी सन्धिको सम्मान र त्यसको कार्यान्वयनका विषयमा सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

यस्तै बिहिबार अरूण पुर्वकाे अन्य जिल्लाहरू इलाम, पान्थर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटा, सुनसरी र माेरङकाे जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय मार्फत पनि स्मरण पत्र प्रधानमन्त्रीलाइ पठाइएकाे कियाचु लिम्बुवान प्रदेश समितिका मुख्यसचिव दिलकुमार लावतीले बताउनु भयाे ।

चुम्लुङका अनुसार विक्रम संवत् १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा राज्यबीच लालमोहर अर्थात् नुनपानी सन्धि भएको थियो । दुई वर्षसम्म चलेको युद्धपछि भएको उक्त सन्धिमा लिम्बुवानको पुख्र्यौली भूमि, परम्परा, थिति र अधिकारको संरक्षण गर्ने सहमतिसहित दुवै पक्षले

नुनपानीको सपथ लिएको इतिहासमा उल्लेख रहेको किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमिति सदस्य धर्म लक्सम्बाले जानकारी दिनुभयो ।
चुम्लुङले ऐतिहासिक सन्धिको भावना र सहमतिलाई राज्यले सम्मान गर्दै त्यसअनुसारका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;