हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

 लिम्बुवान न्युज
                       

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ ।

किराँत याक्थुङ चुम्लुङका संघीय उपाध्यक्ष निरन्ति तुम्बापोको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा सम्बोधन गर्दै उपाध्यक्ष तुम्बापोले प्रवासमा रहेका याक्थुङ (लिम्बू) समुदायबीच संगठनात्मक एकता, भाषा, संस्कृति तथा पहिचानको संरक्षण र प्रवद्र्धनका लागि सबै सदस्य सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । साथै नयाँ पुस्तामा आफ्ना भाषा, संस्कार तथा सांस्कृतिक मूल्य–मान्यता हस्तान्तरण गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्नुभयो।

अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको छ । हरि वाजी लिम्बुको अध्यक्षतामा गठित समितमा उपाध्यक्षहरू वीरू आङबोहाङ, शंकर बेघा, सागर तुम्बापो, गंगा बेघा, सचिवमा ज्वाला योङहाङ, सहसचिवमा लक्ष्मी सवेहाङ र कोषाध्यक्षमा जमुना मादेन निर्वाचित गरेको छ ।
यसैगरी समितिको सल्लाहकारहरूमा हेमराज योङहाङ र राजेन्द्र खापुङ रहेका छन् भने सदस्यहरूमा दिपेन चोङवाङ, सानु यक्तेन, सुरज इजम, सुनील चेम्जोङ्ग,मोहन फागो,सञ्जीव लिङ्देन,मिलन बेघा, योगेन्द्र लिम्बु,फुलमाया केरुङ, अर्जुन लावती,नीर प्रसाद नेम्वाङ्ग, तृर्वत थेबे, लोकेन सेर्मा र माया लिम्बु रहेका छन् ।
माया लिम्बु

कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिनुका साथै गैरआवासीय नेपाली संघ ९ल्च्ल्ब्० मलेसियाका उपाध्यक्ष दिल केरुङ लिम्बु लगायत विभिन्न सामाजिक तथा सामुदायिक व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अधिवेशनमा सहभागीहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संगठनलाई अझ सशक्त, प्रभावकारी र समुदायमुखी बनाउँदै भाषा, संस्कृति तथा पहिचान संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

;