दमक जेसीजमा अध्यक्ष सुयोग खरेलको टिमले गरे पदभार ग्रहण

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ ।

आज आयोजित कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग खरेललाई अध्यक्षको चेन प्रदान गरेर पद हस्तान्तरण गरेका थिए ।

नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्य र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली त्यसैगरी नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षद्वय भोलेश्वर दुलाल, प्रकाश अधिकारीको विशेष आतिथ्यमा आज साँझ आयोजना गरिएको पद हस्तान्तरण समारोहमा निर्वाचन आयुक्त चन्द्र खत्रीले अध्यक्ष सुयोग खरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

निर्विरोध निर्वाचित अध्यक्ष खरेलले आफनो कार्यकाल सञ्चालनका लागि आवश्यक महासचिव पदमा निरोज आचार्य र कानुनी सल्लाहकारमा सन्दिप न्यौपानेलाई मनोनित गरे । त्यससंगै उनले दमक ८ मा निर्माणाधिन जेसीज तालिम केन्द्र भवन निर्माणको संयोजकमा सञ्जिब बराल, खेलकुद संयोजकमा डेन्जोङ लामा लगायत विभिन्न विभागीय संयोजक त्यसैगरी अन्य विभिन्न पदमा निर्वाचित सबै सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा जेसीजका उच्च ओहोदाका पदाधिकारीहरु, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्व दमक अध्यक्षहरु, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका स्थानीय प्रमुख तथा प्रतिनिधि, दमक उद्योग वाणिज्यसंघ लगायत व्यवसायिक संघहरु, सामाजिक व्यक्तित्व लगायत दमकका युवा बौद्धिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...