दमक जेसीजमा अध्यक्ष सुयोग खरेलको टिमले गरे पदभार ग्रहण

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा आयोजित एक कार्यक्रमका बिच जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ ।

आज आयोजित कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग खरेललाई अध्यक्षको चेन प्रदान गरेर पद हस्तान्तरण गरेका थिए ।

नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख आतिथ्य र दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली त्यसैगरी नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्षद्वय भोलेश्वर दुलाल, प्रकाश अधिकारीको विशेष आतिथ्यमा आज साँझ आयोजना गरिएको पद हस्तान्तरण समारोहमा निर्वाचन आयुक्त चन्द्र खत्रीले अध्यक्ष सुयोग खरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

निर्विरोध निर्वाचित अध्यक्ष खरेलले आफनो कार्यकाल सञ्चालनका लागि आवश्यक महासचिव पदमा निरोज आचार्य र कानुनी सल्लाहकारमा सन्दिप न्यौपानेलाई मनोनित गरे । त्यससंगै उनले दमक ८ मा निर्माणाधिन जेसीज तालिम केन्द्र भवन निर्माणको संयोजकमा सञ्जिब बराल, खेलकुद संयोजकमा डेन्जोङ लामा लगायत विभिन्न विभागीय संयोजक त्यसैगरी अन्य विभिन्न पदमा निर्वाचित सबै सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।

सो अवसरमा जेसीजका उच्च ओहोदाका पदाधिकारीहरु, विभिन्न शाखाका अध्यक्ष तथा प्रतिनिधिहरु, पूर्व दमक अध्यक्षहरु, विभिन्न राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका स्थानीय प्रमुख तथा प्रतिनिधि, दमक उद्योग वाणिज्यसंघ लगायत व्यवसायिक संघहरु, सामाजिक व्यक्तित्व लगायत दमकका युवा बौद्धिक व्यक्तित्वहरुको उल्लेख्य सहभागिता थियो ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...