सुनसरीको झुम्का र धरानमा लिम्बुवानको १ दिने प्रशिक्षण

 लिम्बुवान न्युज
                       

  • बालकुमार ताम्ली

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय दलित शिल्पी मञ्चको अगुवाईमा सुनसरीको झुम्कामा १ दिने राजनीतिक प्रशिक्षण भएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा दलित तथा मुश्लिम नेता कार्यकर्ताहरुहरुलाई मञ्चले हालै प्रकाशन गरेको राजनीतिक एजेण्डा पुस्तकको समिक्षा गर्दै मञ्च र पहिचान राजनीति बारे प्रशिक्षण गराउनु भएको हो ।

वर्तमान सरकारको असंवैधानिक कदमले देशमा भईरहेको असहज परिस्थितिमा मञ्चले मेचीकाली अभियान शुरु गरेको बताउनु हुँदै अध्यक्ष लिङ्देनले १५ दिने मधेश, थरुहट, खसान यात्रा पश्चात दोस्रो चरणको लिम्बुवान यात्रा शुरु भएको बताए ।
आज आयोजित कार्यक्रममा दलित नेताहरुको बाक्लो उपस्थितिरहेको थियो भने मुश्लिम समुदायका अगुवा नेताहरु समेत सहभागी भएका थिए । मञ्चले १०+१ प्रान्तीय अवधारणा अनुसार कार्यक्रमहरु अगाडि बढाएको जनाएको छ ।

त्यसैगरी मञ्चका अध्यक्ष लिङ्देनद्वारा मंगलबार धरानको हिमाली सामुदायिक भवनमा सुनसरी जिल्लाका संघीय लिम्बुवान मञ्चका केन्द्रीय नेता, जिल्ला र लिम्बुवान भोलेन्टियर्सका कमाण्डरहरुलाई राजनीतिक प्रशिक्षण दिनुभएको मञ्चका जिल्ला इन्चार्ज भुपेन्द्र सुन्दर लावतीले बताए ।

मञ्चको ४ बर्षे राजनीतिक योजना अनुरुप मेचीकाली अभियानसँगै नेताहरुमा पुनः लिम्बुवान अन्तर्गतका ९ जिल्लाहरुमा प्रशिक्षण साथै आन्तरिक कार्ययोजना बारे कार्यक्रम शुरु गरिएको हो ।

आगामी चुनावमा जनताको घरघरमा दाप सहितको खुकुरी चुनाव चिन्ह पु¥याउन समेत मञ्चले सिसिओ अभियान अन्तर्गत घरदैलो कार्यक्रम समेत शुरु भएको जनाएकाे छ ।

कार्यक्रममा मञ्चका उपाध्यक्षहरु चन्द्र खापुङ्, भूपु डिएसपी कृष्णमान थेवे, अम्बर बहादुर पन्धाक, महासचिव शान्ता योङ्हाङ, संघीय अर्थ संयोजक विष्णु यक्सो लगायतका शिर्ष नेताहरुको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...