मोरङमा लिम्बुवानको एकदिने राजनीतिक प्रशिक्षण, खुट्टा नकमाउन नेताहरुलाई अध्यक्ष लिङदेनको निर्देशन

,   लिम्बुवान न्युज
                       

बेलबारी। संघीय लिम्बुवान मञ्च नेपाल मोरङ् जिल्ला कार्य समितिले एकदिने राजनीतिक प्रशिक्षण कार्यक्रम गरेको छ । जिल्लाको बेलाबारी स्थित बेतना सिमसारको सभाहलमा मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको प्रमुख आतिथ्यतामा सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

संघीय मञ्चको मेचीकाली अभियानको दोस्रो चरणको कार्यक्रम अन्तर्गत लिम्बुवानको सबै जिल्लामा राजनीतिक प्रशिक्षणको आयोजना गरिने कार्यक्रमका प्रमुख अतिथि तथा अभियानका संयोजक अध्यक्ष लिङ्देन बताए । खास गरेर अहिलेको एकात्मक राज्य सत्ताको नालायकिपनको विरुद्ध मञ्चले भण्डारफोर अभियान गर्दै मेचीकाली अभियान शुरु गरेको– अध्यक्ष लिङ्देनले भने । मञ्चको डकुमेन्ट सबै जिल्लामा पु¥याई एकात्मक पार्टीहरुसँग खुल्ला प्रतिस्पर्धा गर्दै पहिचान सहितको १०+१ प्रान्तको खाँका कोर्न मञ्च सक्रिय भएको प्रशिक्षणको क्रममा अध्यक्ष लिङ्देनले भनेका छन् । चुनौतीहरुको चाङ्बाट मञ्चको राजनीति अघि बढेको हुँदा यो कहिल्यै नझुक्ने राजनीति दर्शन बोकेर उदाएको पार्टी हो । १ हजार बर्षसम्म पहिचान विरोधी, संघीय विरोधी र गणतन्त्र विरोधी तत्वहरुसँग संघर्ष गर्न मैदानमा उत्रिएको पार्टी भएको हुँदा सबै नेता कार्यकर्ताहरुलाई अब खुट्टा नकमाउन लिङ्देनले आव्हान गरेका छन् ।

कार्यक्रममा बोल्दै अर्का वक्ता मञ्चका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङ्ले संघीय पार्टी भएको हुँदा हाम्रो मुद्दा प्रष्ट छ कि हामी संघीय राज्य निर्माणमा निस्किएका छौं । बरु हामी मरौंला तर पहिचानको राजनीति अब नेपालमा कहिल्यै नमर्ने बताए । त्यसैगरी कार्यक्रममा मञ्चका महासचिव शान्ता योङ्हाङ्, संघीय अर्थ संयोजक विष्णु यक्सो, उपमहासचिव तथा जिल्ला इन्चार्ज दिल कुमार लावती, उपमहासचिव तथा लिम्बुवान महिला अध्यक्ष इन्दीरा मेन्याङ्बो, संघीय दलित शिल्पीमञ्चका महासचिव शर्मिला वागचन्द लगायतले कार्यक्रममा सहभागी नेताहरुलाई पार्टीको गतिविधि र आगामी कार्यक्रमहरुका बारेमा आफ्ना विचार राखेका थिए ।

मोरङ् जिल्लामा रहेका केन्द्रीय नेता, जिल्ला नेता, क्षेत्र, नगर, गाउँ र वार्डका प्रमुखहरुलाई राजनीतिक प्रशिक्षण दिईएको उक्त कार्यक्रमको सभाध्यक्षता जिल्ला अध्यक्ष दिलु लिङ्देनले गरेका थिए । कार्यक्रमकमा स्वागत मन्तव्य जिल्लाका बरिष्ठ उपाध्यक्ष जीवन खेवाले गरेका थिए भने संचालन जिल्ला सचिव विशाल तिरुवाले गरेका थिए ।

सो प्रशिक्षण कार्यक्रममा मोरङ १०० भन्दा धेरै नेताहरुको सहभागी रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;