निर्वाचन आयोगले आज नेकपाका दुबै पक्षसँग छलफल गर्दै

,   लिम्बुवान न्युज
                       

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सरकार पक्ष र प्रचण्ड–माधव दुवै पक्षसँग आज छलफल गर्दैछ ।

सरकारको कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र पठाएको निर्वाचन आयोगले आगामी निर्वाचन तयारी र दल दर्ता सम्बन्धमा छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।

आयोगले निर्वाचनसम्बन्धी विषयमा छलफल गर्न आज बिहान ११ बजे दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

नेकपाको आधिकारिकतासम्बन्धी विवाद बाहिरीएसँगै आयोगलाई निर्वाचन चुनावी तयार गर्न निक्कै सकस परेको हुँदा दुवै नेकपा बिच आधिकारिताको विषयमा छलफल गर्ने भनेर आयोगले अहिलेसम्म छलफल गरेको छैन । तर अहिले नेकपा विवाद केन्द्र देखि तल गाउँसम्म पुगेको सन्दर्भ भएकाले त्यस विषयमा पनि छलफल हुनसक्ने आयोग स्रोतले जनाएको छ ।

नेकपाका दुबै पक्षले आफूलाई आधिकारिक दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । तर ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय आयोगले यस अघि नै जनाइ सकेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;