लिम्बुवान मञ्चको फिदीमका २ वटा वार्डमा संगठन विस्तार

,   लिम्बुवान न्युज
                       

फिदीम। संघीय लिम्बुवान मञ्च, नेपालको फिदीम नगर कार्य समितिले २ वटा वार्डमा संगठन विस्तार गरेको छ । मञ्चका प्रान्तीय महासचिव संगम खनालको प्रमुख उपस्थितिमा भएको राजनीति अन्तरक्रिया तथा पुर्नगठन कार्यक्रममा सो वार्ड कमिटीहरु गठन गरिएको हो ।

फिदीन नगर वडा नं. ८ मा आइतराज नेम्बाङकाे अध्यक्षतामा वार्ड कमिटी विस्तार गरिएको छ । समितिको उपाध्यक्षमा मुना नेम्बाङ र मानवीर तामाङ, सचिवमा विक्रम नेम्बाङ, सह–सचिवमा तुफान नेम्बाङ, अर्थसचिवमा सकिला नेम्बाङ निर्वाचित भएका छन् भने सदस्यहरुमा विजय नेम्बाङ, सुवास नेम्बाङ, तान्छोहाङ लिम्बु, अम्बर नेम्बाङ, मिलन गुरुङ, रुद्र रुद्र नेम्बाङ, विजय नेम्बाङ, चक्र गुरुङ, सेमीहाङ्मा लिम्बु, रुपेश गुरुङ, निए नेम्बाङ, प्रसान्त नेम्बाङ, धिराज नेम्बाङ र नमुना नेम्बाङ चयन भएका छन् । त्यसैगरी सल्लाहकारमा नारायण नेम्बाङ्, पञ्चहाङमा नेम्बाङ र सुनमाया नेम्बाङ्लाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी आजै पान्थरको फेदेन नगरपालिका ५ चोक्मागुको केराबारीमा रमेश सुवेदीको अध्यक्षमा समिति विस्तार गरिएको छ । उक्त समितिको उपाध्यक्ष दाङ्ग नारायण तुम्बापो, सचिवमा खडानन्द सुवेदी, अर्थसचिवमा इन्दीरा सुवेदी चुनिएका छन् भने सदस्यहरुमा युवराज अर्याल, पूर्ण तुम्बापो, बुद्धिमान तुम्बापो, मनोज लिम्बु छन् । सल्लाहकारमा देउकुमार तुम्बापो, देवीप्रसाद भण्डारी र मोतीराज तुम्बापोलाइ जिम्मेवारी दिईएको छ भने वार्ड इन्चार्जमा इन्द्रबहादुर तुम्बापोले जिम्मेवारी पाएका छन् ।

कार्यक्रमहरुमा मञ्चका केन्द्रीय सदस्य देउ कुमार नेम्बाङ्, जिल्ला बरिष्ठ उपाध्यक्ष चन्द्रराज आङ्देम्बे, विद्यार्थी नेता आधार घिमीरे, नारायण नेम्बाङ्, रामचन्द्र नेम्बाङ्, मिलन नेम्बाङ् र सुदाम नेम्बाङकाे उपस्थिति रहेको थियो । कार्यक्रमहरु पान्थर जिल्लाको सिसिओ अभियान अन्तर्गत आयोजना भईरहेको पान्थर जिल्ला कार्य समितिले जनाएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;