मुसाहाङ प्रतिष्ठानको चौथो जिल्ला अधिबेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

मिक्लाजुङ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति पान्थरको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । पान्थरको मिक्लाजङ गाउँपालिका वडा नम्बर ८ दुर्दिम्बा(तुरीतेम्बे) पिन्द्रुक्वाबुङमा अधिवेशन सम्पन्न भएको हो ।

धर्मदेबी नगरपालिका १ नं. वडा प्रतिनिधि सदस्य तथा प्रतिष्ठान पुर्ब केन्द्रीय सदस्य नारायण मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यता रहेको अधिबेशनले आयुष मुसाहाङको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ ।

उपाध्यक्षमा सरिमाया मुसाहाङ, सचिवमा काली प्रसाद मुसाहाङ, सह–सचिवमा जेन्टल मुसाहाङ र कोषाध्यक्षमा रामकुमार मुसाहाङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा छबिलाल मुसाहाङ र उत्तरकुमार मुसाहाङ्लाई चयन गरेको छ ।

अधिबेशनमा कार्यक्रमका प्रमुख अतिथि जनप्रतिनिधि वडा सदस्य नारायण मुसाहाङ्लाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष रामप्रसाद मुसाहाङ, महासचिव मुसाहाङ अम्याङसा डिल्लीश्वर, सचिव गोपिराम मुसाहाङ, केन्द्रीय सदस्य माक्लुहाङ मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मुसाहाङ बंश उत्थान प्रतिष्ठान जिल्ला शाखा समिति अध्यक्ष मुकुन्द मुसाहाङको अध्यक्षतामा सम्पन्न भएको थियो । जिल्ला उपाध्यक्ष भिमकुमारी मुसाहाङले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम संचालन सचिब आयुश मुसाहाङले गरेका थिए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;