राजपा प्रदेश नं. १ युवा संघको विवाद उत्कर्षमा, माघ १९ गते दमकमा हुने कार्यक्रम समाजवादी युवा संघले बहिष्कार गर्ने

,   लिम्बुवान न्युज
                       

दमक। जनता समाजवादी युवा संघ प्रदेश नं. १ को विवाद उत्कर्षमा पुगेको छ । जनता समाजवादी युवा संघ नेपाल प्रदेश नं १ को नाममा माघ १९ गते दमकमा हुने भनिएको पार्टी प्रवेश र भेटघाट कार्यक्रम समाजवादी युवा संघ नेपाल प्रदेश नं १ ले बहिस्कार गर्ने भएको छ ।

समाजवादी युवा संघ प्रदेश नं १ ले एक विज्ञप्ति जारी गर्दै सो कार्यक्रम बारे खेद प्रकट गर्दै बहिकार गर्ने जनाएको हो ।

संघका प्रदेश १ इन्चार्ज समिर नाछिरिङ, अध्यक्ष श्री सुब्बा र मुख्य सचिव पवन बिष्टले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ति गारी गर्दै —“जनता समाजवादी युवा संघ प्रदेश समितिको ब्यानरमा माघ १९ गते झापाको दमकमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा पार्टी प्रवेश तथा भेटघाट कार्यक्रमको आयोजना गरेकोमा समाजवादी युवा संघसँग कुनै आपसी सहमति बिना एकतर्फी रूपमा युवा संघ प्रदेश नम्बर १ ले कार्यक्रम सन्चालन गरेको हुँदा समाजवादी युवा संघले खेद प्रकट गर्दछ । उक्त कार्यक्रमको जस–अपजस तत्कालीन पूर्व समाजवादी युवा संघ प्रदेश नं १ कमिटीले नलिने र स्वीकार गर्ने छैन भनी यसै पत्रद्वारा जानकारी गराउँदै ध्यानाकर्षण गराउँदछौं” –भनिएको छ ।

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा हुने भनिएको सो कार्यक्रमको बारेमा सामाजिक सन्जाल फेसबुकबाट प्रचार भैरहेको बेला पूर्ववत दुई युवा संघ मध्ये एउटा संगठन समाजवादी युवा संघको यस्तो धारणा सार्वजनिक भएको हो । विज्ञप्तिमा पूर्व समाजवादी युवा संघ र पूर्व राष्ट्रिय युवा संघ समायोजन गरी जनता समाजवादी युवा संघ नाम राख्ने विषयमा भने सहमति भएको उल्लेख छ ।

जनता समाजवादी युवा संघ प्रदेश नं १ को आयोजना भनी कार्यक्रम बारे थालिएको प्रचारात्मक ब्यानरमा नेता महतो सहित जसपाका कार्यकारिणी समिति सदस्य युवराज कार्की, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम र केन्द्रीय सदस्य भूराज राईको तस्वीर प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि भनी सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;