राजपा प्रदेश नं. १ युवा संघको विवाद उत्कर्षमा, माघ १९ गते दमकमा हुने कार्यक्रम समाजवादी युवा संघले बहिष्कार गर्ने

,   लिम्बुवान न्युज
                       

दमक। जनता समाजवादी युवा संघ प्रदेश नं. १ को विवाद उत्कर्षमा पुगेको छ । जनता समाजवादी युवा संघ नेपाल प्रदेश नं १ को नाममा माघ १९ गते दमकमा हुने भनिएको पार्टी प्रवेश र भेटघाट कार्यक्रम समाजवादी युवा संघ नेपाल प्रदेश नं १ ले बहिस्कार गर्ने भएको छ ।

समाजवादी युवा संघ प्रदेश नं १ ले एक विज्ञप्ति जारी गर्दै सो कार्यक्रम बारे खेद प्रकट गर्दै बहिकार गर्ने जनाएको हो ।

संघका प्रदेश १ इन्चार्ज समिर नाछिरिङ, अध्यक्ष श्री सुब्बा र मुख्य सचिव पवन बिष्टले संयुक्त हस्ताक्षर गरेको विज्ञप्ति गारी गर्दै —“जनता समाजवादी युवा संघ प्रदेश समितिको ब्यानरमा माघ १९ गते झापाको दमकमा पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यमा पार्टी प्रवेश तथा भेटघाट कार्यक्रमको आयोजना गरेकोमा समाजवादी युवा संघसँग कुनै आपसी सहमति बिना एकतर्फी रूपमा युवा संघ प्रदेश नम्बर १ ले कार्यक्रम सन्चालन गरेको हुँदा समाजवादी युवा संघले खेद प्रकट गर्दछ । उक्त कार्यक्रमको जस–अपजस तत्कालीन पूर्व समाजवादी युवा संघ प्रदेश नं १ कमिटीले नलिने र स्वीकार गर्ने छैन भनी यसै पत्रद्वारा जानकारी गराउँदै ध्यानाकर्षण गराउँदछौं” –भनिएको छ ।

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको प्रमुख आतिथ्यतामा हुने भनिएको सो कार्यक्रमको बारेमा सामाजिक सन्जाल फेसबुकबाट प्रचार भैरहेको बेला पूर्ववत दुई युवा संघ मध्ये एउटा संगठन समाजवादी युवा संघको यस्तो धारणा सार्वजनिक भएको हो । विज्ञप्तिमा पूर्व समाजवादी युवा संघ र पूर्व राष्ट्रिय युवा संघ समायोजन गरी जनता समाजवादी युवा संघ नाम राख्ने विषयमा भने सहमति भएको उल्लेख छ ।

जनता समाजवादी युवा संघ प्रदेश नं १ को आयोजना भनी कार्यक्रम बारे थालिएको प्रचारात्मक ब्यानरमा नेता महतो सहित जसपाका कार्यकारिणी समिति सदस्य युवराज कार्की, लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिम र केन्द्रीय सदस्य भूराज राईको तस्वीर प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथि भनी सार्वजनिक गरिएको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;