मोरङका दलितहरु संघीय मञ्चको १०+१ अवधारणमा आकर्षित हुँदै

 लिम्बुवान न्युज
                       

मोरङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय अवधारणमा मोरङका दलितहरु आकर्षित भएका छन् । मञ्चले संघीय दलित मुक्ति मञ्च, नेपाल नामक प्रान्तीय मञ्चलाई +१ को रुपमा गैरभौगोलिक दलित प्रान्तको अवधारणा लिई दलित मुक्तिको एक मात्र राजनैतिक विकल्प भएको जिकीर गर्दै मञ्चले देश व्यापी संगठन विस्तारमा तिब्रता दिएको छ ।

संघीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले साठी लाख दलितमा राज्यले अपमान गरेको हुँदा मञ्चले दलित शिल्पी जाति माथिको अपमान सहन नसकेर नै पार्टीको विधानमै गैरभौगोलिक प्रान्तको रुपमा दलित शिल्पी प्रान्त बनाउन आफूहरु निरन्तर आवाज उठाईरहेको बताए । मञ्चले जबसम्म दलित सिल्पी माथी राज्यले दमन गरिरहन्छ तबसम्म दलितको कहिल्यै मुक्ति नहुने बताउँदै त्यसको लागि नै मञ्चले आफ्नो राजनीतिक एजेण्डामा दलितका पहिलो प्राथामिकता दिईएको स्पष्ट पारेका छन् । मोरङकाे रंगेलीमा दलित अगुवाहरुलाई आफू दलितको हरेक मुद्दासँग जोडिन चाहेको बताए । दलित माथिको व्यवहार हामीलाई अमान्य छ, राज्यले जाती जाति विचको सम्बन्धमा ल्याएको विभेदको नीति अन्त्य गर्न आफू राजनीतिमा आएको हो – अध्यक्ष लिङ्देनले भने ।

संघीय मञ्चले मेचीकाली अभियान अन्तर्गत देशव्यापी रुपमा दलित मुक्तिको निमित्त मञ्चले छुट्टै राजनीतिक प्याकेज ल्याएको हुँदा आफूहरु संघीय मञ्च प्रति विश्वस्त भएको संघीय दलित मुक्ति मञ्चकी महासचिव शर्मिला वागचन्दले बताइन् । जबसम्म दलितहरुलाई राज्यको हरेक निकायमा जातिय जनसंख्याको आधारमा सुनिश्चित गरिदैन सरकार विरुद्ध निरन्तर संघर्ष गर्ने उनको भनाइ रहेको छ ।

यसैक्रममा शुक्रबार मोरङकाे रंगेली वडा नं. १ मा रामचन्द्र ऋषिदेवको संयोजकत्वमा १५ सदस्यीय संघीय दलित मुक्ति मञ्च वडा कमिटी गठन भएको छ । समितिको सह–संयोजकमा शुसील ऋषिदेव, सचिवमा अशोक ऋषिदेव चयन भएका छन् भने सदस्यहरुमा रमानन्द ऋषिदेव, प्रकाश ऋषिदेव, दिपचन ऋषिदेव, मंगली देवी शर्मा, शान्तिदेवी ऋषिदेव, जगदेव ऋषिदेव, सानेल हस्दाह, मायावती महतो, प्रयाग ऋषिदेव, सीताराम सरदार, शनिश्चल कुमार सरदार र पुरोषतम ऋषिदेव रहेका छन् । दलित नेता संघीय दलित मुक्ति मञ्चका उपाध्यक्ष बलराम सदाको विशेष पहलमा कार्यक्रम सम्पन्न भएको हो ।

यसैगरी पथरीशनिश्चरे वडा नं. २ मा पनि बरुन दर्नालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । उक्त समितिको सदस्यहरुमा सरोज दर्जी, श्याम पैराइ, अम्बिका दर्जी, राजमान दर्जी, पुष्पराज दर्जी, डोमा दर्जी, टीका लक्ष्मी दर्जी, गीता परियार, सिर्जना दर्नाल, कविता विश्वकर्मा र मान बहादुर दर्जी रहेका छन् ।

कार्यक्रममा संघीय लिम्बुवान मञ्चका महासचिव शान्ता याेङहाङ, संघीय मञ्चका अर्थ संयाेजक विष्णु यक्साे, संघीय सदस्यहरू चन्द्र कन्दवा, सुर्य लिम्बु, माेरङ जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीकाे समेत उपस्थिति रहेकाे थियाे ।

 

 

 

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...