ग्वालडुब्बामा संघीय मञ्चको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       

गौरादह। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान अन्तर्गत झापाको ग्वालडुब्बामा राजनीतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चको लिम्बुवान मञ्च र दलित मुक्ति मञ्चको विशेष पहलमा सो कार्यक्रम आयोजना भएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले दलितहरु माथि राज्यले गरेको विभेद अन्त्यको लागि मञ्चले छुट्टै गैरभौगोलिक प्रान्तको अवधारणा ल्याएको बताउँदै अब पनि दलितहरु आफ्नो मुक्तिको लागि एकजुट भएर लाग्न आव्हान गरेका छन् । अध्यक्ष लिङ्देनले कसैको बहकाइमा नलाग्न अनुरोध गर्दै फेरि पनि देशका एकात्मकवादीहरुले दलितहरुलाई भोटबैंकको रुपमा प्रयोग गर्ने बताउँदै आफ्नो पहिचान र अस्तित्व रक्षा गर्ने एकमात्र विकल्प भनेकै यो संघीय मञ्च अन्तर्गत संघीय दलित मुक्ति मञ्चमा आबद्ध भएर आफ्नै झण्डा बोक्न सुझाएका छन् ।

गौरादह ७ को ग्वाल्डुब्बा दुधेली भारती प्रा.वि.को प्राङ्गणमा आयोजना गरिएको राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा संघीय दलित मुक्ति मञ्च धक्लु ऋषिदेवको अध्यक्षतामा गठन गरिएको छ । समितिको उपाध्यक्ष अमरलाल ऋषिदेव, सचिव मोहन ऋषिदेव, कोषाध्यक्ष रेखा ऋषिदेव चयन भएका छन् भने सदस्यहरुमा जोगित ऋषिदेव, चन्द्र ऋषिदेव, भक्त ऋषिदेव, रामचन्द्र ऋषिदेव, गोपे ऋषिदेव, सुजन ऋषिदेव, राजिव ऋषिदेव चयन भएका छन् । त्यसैगरी अरुणा ऋषिदेवको संयोजकत्वमा १७ सदस्यीय संघीय दलित मुक्ति महिला मञ्चको समेत गठन गरिएको संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति अध्यक्ष धन बहादुर पन्धाकले बताए ।

सो भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु नोनाम, प्रान्तीय महासचिव शान्ता योङहाङ, संघीय अर्थ संयोजक विष्णु यक्सो, प्रान्तीय उपमहासचिव भानु भट्टराई, प्रान्तीय सचिव राजु राई, संघीय दलित मुीक्त मञ्चका उपाध्यक्ष बलराम सदा, महासचिव शर्मिला वागचन्द, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, त्यसैगरी रीता मादेन लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;