ग्वालडुब्बामा संघीय मञ्चको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       

गौरादह। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान अन्तर्गत झापाको ग्वालडुब्बामा राजनीतिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम भएको छ । मञ्चको लिम्बुवान मञ्च र दलित मुक्ति मञ्चको विशेष पहलमा सो कार्यक्रम आयोजना भएको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले दलितहरु माथि राज्यले गरेको विभेद अन्त्यको लागि मञ्चले छुट्टै गैरभौगोलिक प्रान्तको अवधारणा ल्याएको बताउँदै अब पनि दलितहरु आफ्नो मुक्तिको लागि एकजुट भएर लाग्न आव्हान गरेका छन् । अध्यक्ष लिङ्देनले कसैको बहकाइमा नलाग्न अनुरोध गर्दै फेरि पनि देशका एकात्मकवादीहरुले दलितहरुलाई भोटबैंकको रुपमा प्रयोग गर्ने बताउँदै आफ्नो पहिचान र अस्तित्व रक्षा गर्ने एकमात्र विकल्प भनेकै यो संघीय मञ्च अन्तर्गत संघीय दलित मुक्ति मञ्चमा आबद्ध भएर आफ्नै झण्डा बोक्न सुझाएका छन् ।

गौरादह ७ को ग्वाल्डुब्बा दुधेली भारती प्रा.वि.को प्राङ्गणमा आयोजना गरिएको राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा संघीय दलित मुक्ति मञ्च धक्लु ऋषिदेवको अध्यक्षतामा गठन गरिएको छ । समितिको उपाध्यक्ष अमरलाल ऋषिदेव, सचिव मोहन ऋषिदेव, कोषाध्यक्ष रेखा ऋषिदेव चयन भएका छन् भने सदस्यहरुमा जोगित ऋषिदेव, चन्द्र ऋषिदेव, भक्त ऋषिदेव, रामचन्द्र ऋषिदेव, गोपे ऋषिदेव, सुजन ऋषिदेव, राजिव ऋषिदेव चयन भएका छन् । त्यसैगरी अरुणा ऋषिदेवको संयोजकत्वमा १७ सदस्यीय संघीय दलित मुक्ति महिला मञ्चको समेत गठन गरिएको संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति अध्यक्ष धन बहादुर पन्धाकले बताए ।

सो भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु नोनाम, प्रान्तीय महासचिव शान्ता योङहाङ, संघीय अर्थ संयोजक विष्णु यक्सो, प्रान्तीय उपमहासचिव भानु भट्टराई, प्रान्तीय सचिव राजु राई, संघीय दलित मुीक्त मञ्चका उपाध्यक्ष बलराम सदा, महासचिव शर्मिला वागचन्द, संघीय सदस्यहरु चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, त्यसैगरी रीता मादेन लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;