मुसाहाङ् बन्धुको चौथो जिल्ला अधिबेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

उर्लाबारी, १८ माघ। मुसाहाङ बंश उत्थान प्रतिष्ठान (इलाम, झापा, मोरङ र सुनसरी) को संयुक्त जिल्ला शाखा समितिको चौथो जिल्ला अधिबेशन सम्पन्न भएको छ । उक्त कार्यक्रम शनिबार प्रतिष्ठानको शाखा कार्यालय उर्लाबारी, मंगलबारेमा भएको हो ।

धर्मदेबी नगरपालिका १ नं. वडा प्रतिनिधि सदस्य तथा प्रतिष्ठान पुर्ब केन्द्रीय सदस्य नारायण मुसाहाङ लिम्बूको प्रमुख आतिथ्यता रहेको अधिबेशनले मङगले मुसाहाङको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा फुलकुमारी मुसाहाङ, सचिवमा रुप नारायण मुसाहाङ, सह–सचिवमा प्रेमकुमार मुसाहाङ, कोषाध्यक्षमा तिलबहादुर मुसाहाङ त्यसैगरी सदस्यहरुमा अर्जुन कुमार मुसाहाङ र मनि कुमार मुसाहाङ निर्वाचित भएका छन् ।

अधिबेशनमा प्रतिष्ठानका केन्द्रीय बरिस्ठ उपाध्यक्ष हस्त बहादुर मुसाहाङ, महासचिव मुसाहाङ अम्याङसा डिल्लीश्वर, उप–महासचिव यज्ञ बहादुर मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मुसाहाङ बंश उत्थान प्रतिष्ठान (इलाम, झापा, मोरङ, सुनसरी) जिल्ला शाखा अध्यक्ष मङगले मुसाहाङको अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरी जिल्ला उपाध्यक्ष फुलकुमारी मुसाहाङले स्वागत मन्तव्य राखेकी उक्त कार्यक्रम सचिव प्रेम कुमार मुसाहाङले संचालन गरेका थिए ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...