नेकपा ओलीपक्षको जवाफीसभा २३ गते नारायणहिटी दरबारमा हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं। काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समुहको सभाको जवाफ दिने बताएका छन् । ओली गुटले जवाफी सभाको रुपमा २३ गते काठमाडौंमा आफ्नो तर्फबाट पनि बृहत भेला आयोजना गर्ने बताउनु भएको थियो ।

रत्नपार्क वरपरको सडक जाम गरेर प्रचण्ड–नेपाल समुहले विरोधसभाको आयोजना गरेका थिए । त्यसलगत्तै ओलीले व्यङ्ग गर्दै भन्नु भएको थियो, ‘सडक जाम गरी ६–७ हजार मान्छे भेला गरेर हौसिएछन् साथीहरु, आमसभा भनेको कस्तो हुन्छ २३ गते हेर्नु।’

ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा भने ‘नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुने भएको छ । आइतबार नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि २३ गते भव्य आमसभा गर्ने निर्णय भएको (नेकपा) ओली समूहले जनाएका छन् ।

बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने बताइएको उक्त सभालाई दरवारकै अगाडि कार्यक्रम गराउनुले आम मानिसहरुको मनमा शंकाउपशंका उब्जिएको छ ।

पछिल्लो समय ओलीको क्रियाकलाप राजावादीहरुसँग मिल्दो हुनु र नारायणहिटी दरबार अघि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा अर्थपूर्ण भएको प्रचण्ड माधव पक्षको ठहर छ ।

हालैमा प्रचण्ड नेपाल समुहका एक नेता सुरेन्द्र पाण्डेले बोल्दै ओली राजवादीहरुको भीडमा बसेको आारोप लगाउदै लगाएका छन् । पाण्डेले ओलीले २३ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने हल्ला आएको समेत बताउनु बताए ।

यद्यपि ओली समुहले भने धेरै नेता कार्यकर्ताहरुको सहभागीता हुने भएको हुँदा नारायणहिटी अगाडि मात्र ठूलो ठाउँ खाली भएकाले त्यही कार्यक्रमको आयोजना गर्न लागिएको जनाएका छन् ।

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...