नेकपा ओलीपक्षको जवाफीसभा २३ गते नारायणहिटी दरबारमा हुने

 लिम्बुवान न्युज
                       

काठमाडौं। काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समुहको सभाको जवाफ दिने बताएका छन् । ओली गुटले जवाफी सभाको रुपमा २३ गते काठमाडौंमा आफ्नो तर्फबाट पनि बृहत भेला आयोजना गर्ने बताउनु भएको थियो ।

रत्नपार्क वरपरको सडक जाम गरेर प्रचण्ड–नेपाल समुहले विरोधसभाको आयोजना गरेका थिए । त्यसलगत्तै ओलीले व्यङ्ग गर्दै भन्नु भएको थियो, ‘सडक जाम गरी ६–७ हजार मान्छे भेला गरेर हौसिएछन् साथीहरु, आमसभा भनेको कस्तो हुन्छ २३ गते हेर्नु।’

ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा भने ‘नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुने भएको छ । आइतबार नारायणहिटी दरबार संग्राहलयको गेट अगाडि २३ गते भव्य आमसभा गर्ने निर्णय भएको (नेकपा) ओली समूहले जनाएका छन् ।

बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने बताइएको उक्त सभालाई दरवारकै अगाडि कार्यक्रम गराउनुले आम मानिसहरुको मनमा शंकाउपशंका उब्जिएको छ ।

पछिल्लो समय ओलीको क्रियाकलाप राजावादीहरुसँग मिल्दो हुनु र नारायणहिटी दरबार अघि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा अर्थपूर्ण भएको प्रचण्ड माधव पक्षको ठहर छ ।

हालैमा प्रचण्ड नेपाल समुहका एक नेता सुरेन्द्र पाण्डेले बोल्दै ओली राजवादीहरुको भीडमा बसेको आारोप लगाउदै लगाएका छन् । पाण्डेले ओलीले २३ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने हल्ला आएको समेत बताउनु बताए ।

यद्यपि ओली समुहले भने धेरै नेता कार्यकर्ताहरुको सहभागीता हुने भएको हुँदा नारायणहिटी अगाडि मात्र ठूलो ठाउँ खाली भएकाले त्यही कार्यक्रमको आयोजना गर्न लागिएको जनाएका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...