संघीय मञ्चको झापामा १ दिने प्रशिक्षण

,   लिम्बुवान न्युज
                       

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सम्बद्ध संघीय लिम्बुवान मञ्चका झापा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुलाई १ दिने राजनीतिक प्रशिक्षिण कार्यक्रम गरेको छ ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले वर्तमान देशको राजनीति अस्थिरताका बाबजुद मञ्चले गरिरहेको मेचीकाली अभियान र मञ्चले प्रकाशन गरेको पार्टीको दस्तावेज राजनीतिक एजेण्डा बारे नेताहरुलाई प्रशिक्षण दिएका छन् । मञ्चले १५ बर्षे राजनीति यात्रा पारेर गरेर परिपक्व बन्दै गएको पार्टी भएको हुँदा अब जनताले खुकुरीमा भोट हाल्ने बेला अाएको अध्यक्ष लिङ्देनले बताए ।
प्रसंगबस अध्यक्ष लिङदेनले संसारमा सबैभन्दा धेरैपल्ट लिम्बुवान पार्टी फूटेको र सबैभन्दा धेरै अराजकता लिम्बुहरुले नै मच्चाएका ति लिम्बुवानका साथीहरु कहाँ छन् आज खोज्ने दिन आएको बताए । ति सबै चरणहरु पारेर गरेर लिम्बुवान मञ्च अगाडि बढेको बताए । लिम्बुवानले सबै चरणको परिक्षा पास गरेर हुँदा अब लिम्बुवान देखि दलित प्रान्तसम्म ल्याउन अब सम्भव भएको अध्यक्ष लिङ्देनले बताए । अब जातिहरुलाई गाली गर्ने दिन गएको, सबै पार्टीलाई गाली गरेर अब राजनीति परिवर्तन नहुने बताउनु हुँदै लिङ्देनले भने मञ्चले कहिल्यै कुनै दल र जातीको विरोध गरेको छैन र कहिल्यै नगर्ने प्रतिवद्धता गरे ।

प्रशिक्षणकाे क्रममा आर्य समुदायको लागि पनि मञ्चले नयाँ अवधारणा ल्याएको बताए । जसरी दलित मुक्तिको लागि गौरभौगोलिक प्रान्तको मुद्दा जस्तै आर्यलाई समेत समेट्न सक्ने खालको प्रान्तको परिकल्पना संघीय मञ्चले ल्याएको अध्यक्ष लिङदेनले बताए ।

अध्यक्ष लिङ्देनले मञ्चले दस्तावेजको रुपमा राजनीति एजेण्डा पुस्तिका देसव्यापी रुपमा पुराउन नेताहरुलाई निर्देशन दिएका छन् । सबै नेताहरु नेताभएर जनताको घरघरमा पुग्न आव्हान गरेका छन् । उनले भने अब सबैजना सूचना प्रवाहमा लाग्न समेत सुझाए ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्, नन्दु विष्ट क्षेत्री, दलित मञ्चका उपाध्यक्ष बलराम ऋषिदेव, महासचिव शर्मिला वागचन्द लगायतले मन्तव्य दिएका थिए भने कार्यक्रममा मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु, प्रान्तीय महासचिव शान्ता योङ्हाङ्, दिल कुमार लावती लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्रशिक्षणा कार्यक्रममा जिल्लाका केन्द्रीय नेता, जिल्ला नेता, लिम्बुवान भोलेन्टियर्स, अन्य भातृसंगठनका प्रमुख, दलित मञ्चका नेताहरुको सहभागिता रहेको कार्यक्रमको जिल्ला झापा सहइन्चार्ज प्रान्तीय सचिव राजु राईको अध्यक्षता र जिल्ला इन्चार्ज प्रान्तीय उपमहासचिव भानु भट्टराईको संचालनमा कार्यक्रम भएको थियो ।

त्यसैगरी संघीय लिम्बुवान मञ्च, शिवसताक्षी नगर समितिले संघीय अध्यक्ष लिङ्देनलाई नगर समितिको कार्यालयमा स्वागत गरेका छन् । नगरका अगुवा नेता कार्यकर्ताहरुको सो अवसरमा उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;