संघीय मञ्चको झापामा १ दिने प्रशिक्षण

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सम्बद्ध संघीय लिम्बुवान मञ्चका झापा जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुलाई १ दिने राजनीतिक प्रशिक्षिण कार्यक्रम गरेको छ ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले वर्तमान देशको राजनीति अस्थिरताका बाबजुद मञ्चले गरिरहेको मेचीकाली अभियान र मञ्चले प्रकाशन गरेको पार्टीको दस्तावेज राजनीतिक एजेण्डा बारे नेताहरुलाई प्रशिक्षण दिएका छन् । मञ्चले १५ बर्षे राजनीति यात्रा पारेर गरेर परिपक्व बन्दै गएको पार्टी भएको हुँदा अब जनताले खुकुरीमा भोट हाल्ने बेला अाएको अध्यक्ष लिङ्देनले बताए ।
प्रसंगबस अध्यक्ष लिङदेनले संसारमा सबैभन्दा धेरैपल्ट लिम्बुवान पार्टी फूटेको र सबैभन्दा धेरै अराजकता लिम्बुहरुले नै मच्चाएका ति लिम्बुवानका साथीहरु कहाँ छन् आज खोज्ने दिन आएको बताए । ति सबै चरणहरु पारेर गरेर लिम्बुवान मञ्च अगाडि बढेको बताए । लिम्बुवानले सबै चरणको परिक्षा पास गरेर हुँदा अब लिम्बुवान देखि दलित प्रान्तसम्म ल्याउन अब सम्भव भएको अध्यक्ष लिङ्देनले बताए । अब जातिहरुलाई गाली गर्ने दिन गएको, सबै पार्टीलाई गाली गरेर अब राजनीति परिवर्तन नहुने बताउनु हुँदै लिङ्देनले भने मञ्चले कहिल्यै कुनै दल र जातीको विरोध गरेको छैन र कहिल्यै नगर्ने प्रतिवद्धता गरे ।

प्रशिक्षणकाे क्रममा आर्य समुदायको लागि पनि मञ्चले नयाँ अवधारणा ल्याएको बताए । जसरी दलित मुक्तिको लागि गौरभौगोलिक प्रान्तको मुद्दा जस्तै आर्यलाई समेत समेट्न सक्ने खालको प्रान्तको परिकल्पना संघीय मञ्चले ल्याएको अध्यक्ष लिङदेनले बताए ।

अध्यक्ष लिङ्देनले मञ्चले दस्तावेजको रुपमा राजनीति एजेण्डा पुस्तिका देसव्यापी रुपमा पुराउन नेताहरुलाई निर्देशन दिएका छन् । सबै नेताहरु नेताभएर जनताको घरघरमा पुग्न आव्हान गरेका छन् । उनले भने अब सबैजना सूचना प्रवाहमा लाग्न समेत सुझाए ।

कार्यक्रममा मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्, नन्दु विष्ट क्षेत्री, दलित मञ्चका उपाध्यक्ष बलराम ऋषिदेव, महासचिव शर्मिला वागचन्द लगायतले मन्तव्य दिएका थिए भने कार्यक्रममा मञ्चका संघीय महासचिव सुरेन्द्र लिम्बु, प्रान्तीय महासचिव शान्ता योङ्हाङ्, दिल कुमार लावती लगायत नेताहरुको समेत उपस्थिति रहेको थियो ।

प्रशिक्षणा कार्यक्रममा जिल्लाका केन्द्रीय नेता, जिल्ला नेता, लिम्बुवान भोलेन्टियर्स, अन्य भातृसंगठनका प्रमुख, दलित मञ्चका नेताहरुको सहभागिता रहेको कार्यक्रमको जिल्ला झापा सहइन्चार्ज प्रान्तीय सचिव राजु राईको अध्यक्षता र जिल्ला इन्चार्ज प्रान्तीय उपमहासचिव भानु भट्टराईको संचालनमा कार्यक्रम भएको थियो ।

त्यसैगरी संघीय लिम्बुवान मञ्च, शिवसताक्षी नगर समितिले संघीय अध्यक्ष लिङ्देनलाई नगर समितिको कार्यालयमा स्वागत गरेका छन् । नगरका अगुवा नेता कार्यकर्ताहरुको सो अवसरमा उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;