लिम्बुवान सामाजिक मञ्च प्रवास कतारद्धारा रक्तदान कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर कतार  संवाददाता । कतारको हामद मेडिकल कर्पोरेशनस्थित एच एम सि रक्तदान सेन्टरमा संघीय लिम्बुवान सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले स्थापना काल देखि नै कतारमा रक्तदान कार्यक्रम गर्दै आएको हो ।

कतारमा नेपाली समुदायविच सामाजिक कार्यमा अग्रसर भुमिका निर्वाह गरि रहेको संघीय लोतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान सामाजिक मञ्च कतारले कतारमा विभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।

‘रक्तदान जिवनदान’ भन्ने मुल नाराको साथ आयोजित रक्तदान कार्यक्रमा ६७ जनाले रक्तदानका लागि परिक्षण गरेका थिए भने ५७ जनाले रक्तदान गरेका थिए ।

उपचारका क्रममा रहेका विमारीहरुले रगत अभावका कारण अकालमा ज्यान गुमाउनु नपरोस भन्ने नितान्त मानविय सेवाका लागि थोरै भएपनि सेवा प्रवाह होस् भनेर सामाजिक मञ्च कतारले रक्तदान कार्यक्रमको आयोजना गरेको बरिष्ठ उपाध्यक्ष डम्बर लिङखमिले लिम्बुवानखबरलाई जनाएको छ ।

रक्तदान जस्तो मानविय कार्यमा सरिक भई सहयोग पु¥याउनुहुने सहभागी महानुभाव, संघसंस्था प्रति आभार व्यक्त गर्दै आगामि दिनहरुमा पनि मञ्च कतारद्धारा आयोजना गरिने यस्ता सामाजिक एवं मानविय कार्यमा निरन्तर सहयोग पु¥याई रहने समाजकी अध्यक्ष रेखा राईले बताइन् ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...