औद्योगिक पार्क पीडित सङ्घर्ष समितिद्धारा प्रदेश सरकारलाई ज्ञापन पत्र

,   लिम्बुवान न्युज
                       

दमक, १७ पुस । नेपाल–चीन औद्योगिक मैत्री पार्क जग्गाको मुआब्जा वितरण उचित नभएको भन्दै गठित संर्घष समितिले प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

दमक औद्योगिक पार्क सङ्घर्ष समितिले जग्गाको मुआब्जाको निर्धारणमा वैज्ञानिकता नभएको जिकीर गर्दे आफ्नो मागको सम्बोधनमा दबाब पुरयाँउन प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मुख्यमन्त्री कार्यालय विराटनगर पुगेर संर्घष समितिले त्यस्तो ज्ञापनपत्र बुझाईएको संर्घष समितिका संयोजक खगेन्द्र भट्टराईले बताए । उनले मुख्यमन्त्री राईलाई औद्योगिक पार्कको वास्तविक समस्या र पीडितको मागको बारेमा ध्यानाकर्षण गराउने काम गरिएको बताए ।

त्यसक्रममा ज्ञापनपत्र बुझ्दै मुख्य मन्त्री राईले औद्योगिक पार्क मुआव्जा पीडितको आवाज सुनुवाई गर्न आफूले सरकारको माथिल्लो निकायमा समेत पुरयाँउने प्रतिवद्धता जनाए ।

दमक नगरपालिकासहित कमल गाउँपालिका र गौरादह नगरपालिकाको क्षेत्र भित्र भीन सरकारको लगानीमा करिव २५ सय विगाहा जमीनमा बन्ने प्रस्ताव गरिएको औद्योगिक पार्क जग्गा मुआव्जा वितरणमा प्रभावित क्षेत्रका बासिन्दाले असन्तुष्टि जनाउदैआएका छन् ।

चीन सरकारको वान बेल्ट वान रोड परियोजना अन्तर्गत करिब रु ६५ अर्बको लगानी रहने भनिएको उक्त औद्योगिक पार्क निर्माणका लागि आफ्नो सदियौं वर्ष पुरानो हकभोग कायम रहेको जग्गाको मुआब्जा वितरणमा सरकारले लापरबाही गरी सर्वसाधारण जनतालाई उठिबास लगाउन आँटेको भन्दै प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति नै गठन गरी आन्दोलनको कार्यक्रम गरिआएका छन् ।

यसअघि संर्घष समितिले पूर्व प्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई समेत आफ्ना मागका बारेमा ज्ञापनपत्र बुझाएका थिए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल र लिम्बुवान भोलेन्टियर्सले दमक, कमल र गौरादह नगरमा पर्ने हाल बन्ने भनिएको औद्योगिक पार्कका पिढीतहरुले उच्चित मुअब्जा पाउने पर्ने भन्दै दमक र गौरादहमा विरोध सभा समेत गरेको थियो ।

सम्बन्धित समाचार

प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण, सरकारी कामकाजमा भाषासम्बन्धी कानुन कार्यान्वयनको बाटो खुला

विराटनगर, १२ कार्तिक । प्रदेश १ को भाषा विधेयक प्रदेश प्रमुख परशुराम खापुङद्वारा प्रमाणीकरण गरिएको छ। गत असोज २४ गते प्रदेश सभाबाट पारित भएको उक्त भाषा विधेयकलाई प्रदेश प्रमुख खापुङले बुधबार प्रमाणीकरण गर्नुभएको हो। प्रदेश प्रमुख...

दमक–चिसापानी सडक निर्माणका लागि महालक्ष्मी–जय धनन्जय जेभी छनोट

झापा/दमक — लामो समयदेखि पर्खाइमा रहेको दमक–चिसापानी (फाल्गुनन्द मार्ग) सडक निर्माणका लागि नयाँ ठेकेदार कम्पनी छनोट भएको छ। सडक विभागअन्तर्गत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, इटहरीको सडक डिभिजन दमकले ठेक्का स्वीकृतिको प्रक्रिया अघि बढाउँदै...

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

;