संघीय दलितको बेलबारीमा नगर समिति गठन

 लिम्बुवान न्युज
                       

बेलबारी, १७ पुष । संघीय दलित मुक्ति मञ्चको बेलाबारी नगर समिति गठन भएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको दलित मञ्च बेलबारी नगर अध्यक्षमा विरबहादुर विश्वकर्मा चयन भएका छन् ।

शनिबार बेलबारीमा आयोजित कार्यक्रमले समिति गठन गरेको हो । कार्यक्रम दलित मुक्ति मञ्चका उपाध्यक्ष बलराम सदाको प्रमुख आतिथ्यता एवम् लिम्बुवान मञ्चका सचिव दिलु लिङदेनको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

लिम्बुवान मञ्च बेलबारी नगर कार्य समिति अध्यक्ष जेबिन हुक्पा चोङबाङको अध्यक्षता भएको कार्यक्रममा लिम्बुवान पहिचान सदस्य बम बहादुर मेन्याङबो, दलित मुक्ति मञ्च अर्थसचिव भोलाराम गजमेर, केस श्री कुमार शंकर, लिम्बुवान मोरङ जिल्ला अध्यक्ष श्री जीवन खेवा लगायतको उपस्थिति रहेको थियो ।

आज आयोजित कार्यक्रमले समितिको उपाध्यक्षमा पार्वती लाम्धारी, सचिवमा जगदिश परियार, सहसचिवमा कल्पना कालिकोटे, कोषाध्यक्षमा मञ्जु मगराती चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा जमुना बि.क., गंगा बि.क., यामकुमारी शंकर, ममता भुषाल, गोपाल ऋषिदेव, शुक्रबहादुर परियार, कुमारी बि.क. र अजय नेपाली रहेका छन् ।

कार्यक्रमको सहजिकरण लिम्बुवान मोरङ जिल्ला सचिव बरुण लाबुङले गरेका थिए ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...