रुक्साना द भ्वाइस अफ किड्स नेपालको टप १६ मा प्रवेश

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १८ पुष । द भ्वाइस अफ किड्स नेपाल प्रतियोगितामा रुक्साना लिम्बु टप १६ मा प्रवेश गरेकि छन् । शनिबार साँझ आफ्नो प्रस्तुती दिएकी लिम्बु टिम प्रमोदबाट टप १६ मा पर्न सफल भएकी हुन् ।

भोटिङ् राउण्डबाट टप १६ मा प्रवेश गरेकी लिम्बुलाई देशविदेशीबाट साथ सपोर्ट पाइ रहेको आमा रेखा लावती लिम्बुले वताइन् । विभिन्न प्रवास र लिम्बु जन्य संघ संस्थाहरुबाट समेत साथ सपोर्ट पाइरहेको लावतीले वताइन् ।

सामाजिक संजाल फेसबुकबाट आमा लावतीले साथ सपोर्टको लागिस्वदेशमा रहुनुभएकाहरुले खल्ती एप र विदेशमा रहनुहुने महानुभावहरुले खल्ती डटकम डाउनलोड गरेर भोट गर्न अपिल गरेकी छिन् ।

शनिबार साँझ रुक्सना लिम्बुले प्रस्तुत गरेकी गीत ‘मनकी चरी उडी उडी…’

https://www.youtube.com/watch?v=0MM0er4Lbds

 

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;