रेशम चौधरीले भोलि दल दर्ता गर्ने, दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ रहने

 लिम्बुवान न्युज
                       

काठमाडौं, १९ पुस । प्रतिनिधि सभाका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको लागि आज निर्वाचन आयोग पुगेका छन् । सोमबार उनकी श्रीमती रञ्जीता श्रेष्ठ लगायत थारु नेताहरु निर्वाचन आयोग पुगेका थिए । आवश्यक प्रक्रिया पु¥याई मंगलबार सांसद चौधरीका श्रीमती श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ दल दर्ता गरिने बताइएको छ ।

आइतबार भृकुटी मण्डप, माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरसम्म माननीय रेशमलाल चौधरीलाई रिहाई गर, निर्दोश थारु राजबन्धीहरुको रिहाई गर, अरुलाई उन्मुक्ति थारुलाई सास्ती, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर, थारुहरु माथिको झुठा मुद्दा खारेज गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेर आफ्नो भेषभुषामा प्रदर्शन गरेका थिए । नयाँ बानेश्वरमा माननीय रेशमलाल थारुको रिहाई गर्न कोणसभामा बोल्ने अधिकांशले माग रखेका थिए । कार्यक्रमको अन्त्यमा चौधरीका श्रीमती श्रेष्ठले थारुहरु माथिको आन्यायको विरुद्ध आफ्नै पार्टी खोल्न बाध्य भएको बताइन् ।

त्यसैगरी थारुहरुले सोमबार निर्वाचन आयोगमा विभिन्न बाजागाजा र जातीय झाँकी सहित दल दर्ता गर्न पुगेकाहरुलाई आयोगको गेटभित्र छिर्न दिइएको थिएन । प्रदर्शनकारीहरुलाई आयोगको दक्षिणपट्टी गल्लीमा राखिएको थियो भने ३० जना प्रतिनिधिलाई मात्र प्रवेश गर्न दिइएको थारु अगुवाहरुले बताएका छन् । सो ¥यालीमा चौधरी श्रीमती श्रेष्ठ सहभागी थिइन् ।

नयाँ दलको चुनाव चिन्ह ‘ढकिया’ राखिने चौधरी निकट स्रोतले बताएको छ । हाललाई २१ कार्यकारिणी सदस्य रहनेगरि आयोगमा पार्टी दर्ता गरिने अध्यक्ष श्रेष्ठले बताइन् । उक्त समितिमा थारुका साथै अन्य सबै जातीय क्लस्टरहरुलाई मिलाएर लाने पनि उनले बताइन् ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...