रेशम चौधरीले भोलि दल दर्ता गर्ने, दलको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ रहने

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १९ पुस । प्रतिनिधि सभाका निलम्बित सांसद रेशमलाल चौधरीले नयाँ दल दर्ताको लागि आज निर्वाचन आयोग पुगेका छन् । सोमबार उनकी श्रीमती रञ्जीता श्रेष्ठ लगायत थारु नेताहरु निर्वाचन आयोग पुगेका थिए । आवश्यक प्रक्रिया पु¥याई मंगलबार सांसद चौधरीका श्रीमती श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ दल दर्ता गरिने बताइएको छ ।

आइतबार भृकुटी मण्डप, माइतीघर मण्डला हुँदै नयाँ बानेश्वरसम्म माननीय रेशमलाल चौधरीलाई रिहाई गर, निर्दोश थारु राजबन्धीहरुको रिहाई गर, अरुलाई उन्मुक्ति थारुलाई सास्ती, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर, थारुहरु माथिको झुठा मुद्दा खारेज गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेर आफ्नो भेषभुषामा प्रदर्शन गरेका थिए । नयाँ बानेश्वरमा माननीय रेशमलाल थारुको रिहाई गर्न कोणसभामा बोल्ने अधिकांशले माग रखेका थिए । कार्यक्रमको अन्त्यमा चौधरीका श्रीमती श्रेष्ठले थारुहरु माथिको आन्यायको विरुद्ध आफ्नै पार्टी खोल्न बाध्य भएको बताइन् ।

त्यसैगरी थारुहरुले सोमबार निर्वाचन आयोगमा विभिन्न बाजागाजा र जातीय झाँकी सहित दल दर्ता गर्न पुगेकाहरुलाई आयोगको गेटभित्र छिर्न दिइएको थिएन । प्रदर्शनकारीहरुलाई आयोगको दक्षिणपट्टी गल्लीमा राखिएको थियो भने ३० जना प्रतिनिधिलाई मात्र प्रवेश गर्न दिइएको थारु अगुवाहरुले बताएका छन् । सो ¥यालीमा चौधरी श्रीमती श्रेष्ठ सहभागी थिइन् ।

नयाँ दलको चुनाव चिन्ह ‘ढकिया’ राखिने चौधरी निकट स्रोतले बताएको छ । हाललाई २१ कार्यकारिणी सदस्य रहनेगरि आयोगमा पार्टी दर्ता गरिने अध्यक्ष श्रेष्ठले बताइन् । उक्त समितिमा थारुका साथै अन्य सबै जातीय क्लस्टरहरुलाई मिलाएर लाने पनि उनले बताइन् ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;