राष्ट्रियसभामा प्रदेश १ बाट ८ जनाको उम्मेद्वारी

 लिम्बुवान न्युज
                       

झापा,२० पुस । राष्ट्रिय सभामा प्रदेश १ बाट रिक्त रहेको पदमा ८ जनाले उम्मेद्वारी मनोनयन गरेका छन् । नेकपा एमालेका तर्फबाट खुलातर्फ गुरू बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसङ्ख्यक कोटामा सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दर्ता गरेका हुन् ।

यस्तै सत्तारूढ गठबन्धनबाट खुलातर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई र अल्पसंख्यक वा अपाङ्ग कोटामा जनता समाजवादी पार्टीका हेमराज राईले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभामा प्रदेश १ बाट रिक्त रहेको खुला, महिला र अल्पसंख्यक वा अपांग सदस्यका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ ।

यसैगरी राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि उम्मेदवारी मनोनयन दर्ता गराएको छ । राप्रपाबाट खुलातर्फको सदस्यमा झापाका अम्मरबहादुर विष्ट र महिला कोटामा रञ्जु प्याकुरेलले उम्मेदवारी दिएका छन् । राप्रपाले उम्मेदवारी दर्ता गरेपछि प्रदेश १ मा राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिनेको संख्या ८ पुगेको हो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...