फोनिज बागमती प्रदेश अध्यक्षमा युवराज श्रेष्ठ

 लिम्बुवान न्युज
                       

काठमाडौं, २२ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशनबाट अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।

विहीबार सम्पन्न कार्यक्रमले समितिको उपाध्यक्षहरुमा राजेश रुम्बा र डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर त्यसैगरी संगठन सचिवमा शिशिर दोङ र संस्थागत सचिवमा राजु नापित त्यसैगरी कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् ।

यसरी नै समितिको सदस्यहरुमा मिना श्रेष्ठ, कमला तामाङ, पासाङ शेर्पा, पुर्णबहादुर मगर, उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ निर्वाचिन भएका छन् । त्यस्तै गरी संस्थागत सदस्यहरुमा रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी, हिरालाल गुरुङ रहेका छन् ।

लेखा समितिको संयोजकमा राजेन्द्र मानन्धर र सदस्यहरुमा दोलख गुरुङ र राकेश चौधरी रहेका छन् । यसरी नै अनुशासन समितिमा संयोजक बाबुकाजी श्रेष्ठ, सदस्यहरूमा रिदेन महर्जन, रसिया श्रेष्ठ रहेका छन् ।

महाधिवेशनले संघीय महाधिवेशन प्रतिनिधिमा पेमा लामा, पुर्णभक्त दुवाल र सम्झना श्रेष्ठलाई चयन गरेको फोनिजका संघीय सचिव मिलन लिम्बुले बताएका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...