रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

 लिम्बुवान न्युज
                       

झापा, २२ पुस । मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डअन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको आज जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले त्यस्तोे निर्णय गरेको हो ।

प्रजिअ तिमिल्सिनाले प्रशासन कार्यालयका तर्फबाट हालसम्म भएको पहल र प्रगतिबारे जानकारी गराउनुभएको थियो । रेल्वेका लागि नक्साङ्कन भएका झापाका छवटै पालिकाको वडास्तरसम्म पुगेर रेल्वे प्रभावित क्षेत्रकोे लगत सङ्कलन कार्य सम्पन्न भएको र यसबारेमा केही प्रमाणीकरण गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गर्ने निर्णय भएकोे छ ।

त्यस्तै रेल्वेअन्तर्गत मोरङ र सुनसरीमा डिमार्केसनको काम भइरहेकामा अब एक महिनाभित्र झापामा डिमार्केसन गरी पिलर गाड्ने कार्य सम्पन्न गर्ने निर्णय भएको छ । अब एक सातामा डिमार्केसन गरी पिलर गाड्ने कार्य सुरु गरिने रेल योजना कार्यालयले जनाएको छ ।

डिमार्केसन सकिएलगत्तै रेल्वेमा नपर्ने जग्गाको रोक्का फुकुवा गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरी रेल्वे क्षेत्रमा पर्ने जग्गाको मुुआब्जा निर्धारण तत्काल गर्न सक्ने गरी तयारी हालतमा रहने निर्णय भएकोे छ । झापाको हकमा प्र्रचलित दरअनुसार मुुआब्जा निर्धारणको काम लगभग सकिएको बुुुझिएको छ । मुआब्जा निर्धारण गर्न स्रोत सुनिश्चितता गर्नुपर्ने भएकाले उक्त कार्यका लागि रेल आयोजना कार्यालय, राजनीतिक दललगायत सरोकारवाला निकायले सक्रियरूपमा पहल गर्ने निर्णय भएको छ ।

स्रोत सुनिश्चित गर्न दलले सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । हाल रेल योजना कार्यालयअन्तर्गत प्रदेश १ मा मुआब्जा वितरणका लागि रु एक अर्ब ६६ करोड मात्र रहेको तर मुआब्जाका लागि करिब रु २५ अर्ब आवश्यक पर्ने बताइँँदै आएको छ । आवश्यक स्रोत सुनिश्चिताका लागि रेल योजना कार्यालयको समन्वयमा झापा, मोरङ र सुनसरीका राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिहरू प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्रीसमक्ष माघ दोस्रो साताभित्र प्रतिनिधिमण्डल जाने विषयमा समेत बैठकमा छलफल भएको छ ।

बैठकमा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति देउकुमार थेबे, नेकपा ९एमाले०का प्रतिनिधि यमबहादुर श्रेष्ठ, नेकपा माओेवादी केन्द्रका जिल्ला अध्यक्ष विजय साम्पाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेन वालाराई, केन्द्रीय सदस्य देउकुमार नेम्वाङ, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपाका जिल्ला सहसचिव अभिषेक ढुङ्गानाले रेल्वेको मुआब्जालगायतका समस्या तत्काल समाधान हुनुपर्नेमा जोड दिँदै त्यसका लागि राजनीतिक दलका तर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा रेल योजना कार्यालय दमकका योजना प्रमुख इञ्जिनीयर प्रकाशचन्द्र भण्डारी र इञ्जिनीयर बोधप्रसाद भण्डारीले प्राविधिक कामको अहिलेसम्मको प्रगतिबारे जानकारी गराएका थिए।

रेल्वे प्रभावित मुआब्जा समन्वय समितिका अध्यक्ष डा लक्ष्मीप्रसाद मैनाली र महासचिव रञ्जित प्रसाईंले प्रभावितका तर्फबाट विभिन्न विषयमा कुरा राख्नुभएको थियो । बैठकको संयोजन संवाद समूहले गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, नयाँ श्रीनाथ गण चारआलीका प्रमुुख सेनानी अमरजङ्ग थापा, जिल्ला प्र्रहरी कार्यालय झापाका प्र्रहरी उपरीक्षक शानुराम भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे, राष्ट्रिय अनुसन्धान विभाग झापाका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईं, प्रमुख मालपोत अधिकृत योगेन्द्र्रप्रसाद दुलाल र प्रमुख नापी अधिकृत दुर्गादास महर्जनको समेत बैठकमा सहभागिता थियो ।

प्रजिअ तिमिल्सिनाले रेल्वे समस्या समाधानमा संवाद समूहले सुरुका दिनदेखि हालसम्म निर्वाह गरिरहेको समन्वयकारी भूमिकाको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...