पुष २७ र २८ मा फोनिज प्रदेश नं. १ को महाधिवेशन पथरीशनिश्चरेमा हुँदै

 लिम्बुवान न्युज
                       

मोरङ, २३ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ ।

फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा जानकारी गराएको थियो । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराको साथ दोस्रो प्रादेशिक महाधिवेशन पुस २७ र २८ गते गर्न तयारी अन्तिम चरणमा पुगेको फोनिजको १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले जानकारी गराउनुभयो ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा संघीय अध्यक्ष डण्ड गुरुङ, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, पत्रकारसँग सम्बन्धित विभिन्न संगठनका प्रदेश समिति अध्यक्षहरु उपस्थित हुने फोनिज प्रदेश महासचिव बिदुर खवासले बताउनु भयो । कार्यक्रममा पथरीशनिश्चरे नगरको प्रथम जाति धिमालको साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगड लगायतको सांस्कृतिक झाँकी प्रदर्शनहुने उपाध्यक्ष फिपराज बेघाले जानकारी दिनुभयो ।

महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थितिहुने आयोजक समितिले जनाएको छ । प्रतिनिधिहरुलाई धिमाल जातिको मौलिक परिकार घोँगी, चिचिरी भात, थारु समुदायको ढकिया (ढिक्री, बगिया) सानो बाम माछा लगायत खुवाउने तयारी भइरहेको अध्यक्ष राईले बताउनुभयो ।

फोनिजको छथर भेलाले प्रदेशको नाम ‘किरात—लिम्बुवान’ राख्न र रासतालबाट धार्मिक, सांस्कृतिक महत्व बोकेको खुवालुङ अतिक्रमण रोक्न प्रस्ताव परित गर्दै सरकारसँग माग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश महाधिवेशनमा संगठनको प्रगति विवरण, सांगठानिक र आर्थिक प्रतिवेदनको साथै भावि योजना बारे बृहत छलफल हुने, आदिबासी जनजातिको मुद्धामा कलम चलाउने पत्रकारलाई सम्मान तथा पुरस्कार गर्न १० लाख रकम पु¥याउने गरी अक्षकोषको घोषणा हुने, ‘फोनिज १ नम्बर प्रदेश’ मुखपत्र सार्वजनिक सार्वजनिकको साथै नयाँ नेतृत्व चयनहुने विज्ञप्तिमा उल्लेख छ । पत्रकार सम्मेलनमा फोनिज संघीय समितिका सचिव कमन देवान, नेपाल पत्रकार महासंघको मोरङ जिल्ला उपाध्यक्ष मोहन भट्टराई, चलचित्र पत्रकार संघको पूर्ब १ नम्बर प्रदेश अध्यक्ष शन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।

उदयपुर महाधिवेशनपछि फोनिज प्रदेश समितिले १ नम्बर प्रदेश सरकार, विराटनगर महानगरपालिका, धरान, इटहरी उपमहानगरपालिका, नगर र गाउँपालिकाहरुमा पुगेर नगर क्षेत्रमा काम गर्ने श्रमजीवी पत्रकारहरुको लागि बार्षिक रुपमा ५० हजारदेखि एक लाखसम्मको लेखन वृति दिन र ६५ बर्ष माथिका जेष्ठ पत्रकारहरुलाई महिनाको १० हजारको दरले निर्वाह रकम माग गर्दै आएको वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ । फोनिजले आम सञ्चारकर्मीहरुको भौतिक र व्यवसाहिक सुरक्षाको साथै मातृ भाषा पत्रकारिताको विकासमा जोड गर्दै आएको छ ।

समानुपातिक, समावेशीता, सुशासन, देश, प्रदेशको समृद्धि, संघीय गणतन्त्रको रक्षा र पूर्ण संघीयता नेपाली पत्रकारिताको मिसन रहेको उल्लेख छ । फोनिजले मिडिया हाउसहरुको न्युज रुमदेखि समाचारको बिषयसम्म समानुपातिकहुनु सवाल उठाउदै आएको छ ।

प्रदेशमा आदिवासी जनजाति पत्रकारको संख्या ८ सय र नेपाल पत्रकार महासंघमा सदस्य रहेको आदिवासी पत्रकार ७ सय ८ रहेको विज्ञप्तिमा उल्लेख छ । १ नम्बर प्रदेशमा नेपाल पत्रकार महासंघको साधारण सदस्य १ हजार ६ सय ९ रहेका छन् ।

फोनिज १ नम्बर प्रदेश समिति वि.सं. २०७५ पुसमा इलामको माङ्सेवुङ भेलाबाट गठन भएको थियो । वि.सं. २०७६ साउन ३० र ३१ गते उदयपुरमा प्रथम अधिवेशन भएको थियो । महाधिवेशनपछि तेह्रथुमको छथर गाउँपालिकामा वि.सं. २०७६ फागुन ८—९ र सुनसरीको रामधुनी नगरमा अवस्थित रासतालमा वि.सं. २०७७ फागुन २१ र २२ प्रदेश भेला गरेर ११ र १४ पत्रकारिता पेशासँग सम्बन्धित प्रस्तावहरु पारित गरेको थियो ।

नेपालको सातै प्रदेश ६० जिल्ला र ६ वटा देशहरुमा शाखा संगठनहरु रहेको र सदस्य संख्याको हिसावले फोनिज नेपाल पत्रकार महासंघपछि दोस्रो ठूलो साझा संस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...