आज एमालेले जिल्ला अधिवेशन गर्दै, अध्यक्ष ओलीले भर्चुअल मार्फत उद्घाटन गर्ने

 लिम्बुवान न्युज
                       

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा जिल्लाहरुको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट अधिवेशन गर्न लागेका हुन् ।

एमालेले स्थगित गरिएका जिल्ला अधिवेशन पछि गरिने जनाएको छ । आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन गरिने प्रचारप्रसार विभागले जनाएको छ ।

एमालेले सबै जिल्लाहरुमा अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला–जिल्लामा केही दिनदेखि नै खटिन थालेको समेत एमाले स्रोतले जनाएको छ ।

यसअघि नेकपा एमालेले सबै पालिकाको अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो त्यसैगरी सबै जिल्ला अधिवेशन सकिएलगत्तै प्रदेश अधिवेशनको तयारीमा जुट्ने पनि एमालेले जनाएको छ । एमालेले प्रदेश अधिवेशन माघ ८ गते तय गरेको स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...