राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षमा दमकका बस्नेतले गरे पदबहाली

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २३ पुष । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्षमा झापा दमकका सुरेन्द्र बस्नेतले पदबहाली गरेका छन् । बिहीबार युवा तथा खेलकुद मन्त्री महेश्वरराज गहतराजबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सानोठिमीस्थित परिषदको कार्यालयमा पुगेर पदबहाली गरेका हुन् ।

सो अवसरमा उपाध्यक्ष बस्नेतले मुलुकको कूल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवा समुदायको विकास र सशक्तीकरणमा जोड दिने बताएका छन् ।

नेकपा माओवादी विद्यार्थी संगठनका नेता बस्नेतलाई बुधबारको मन्त्रिपरिषद बैठकले राष्ट्रिय युवा परिषद ऐन, २०७२ वमोजिम कार्यकारी उपाध्यक्ष पदमा नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...