दमकमा प्रदेशमै पहिलो पटक एडभेन्च्यर इक्युप्मेन्ट सुरु

 लिम्बुवान न्युज
                       

झापा । नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा नै पहिलो पटक एडभेन्चर इक्युप्मेन्ट सञ्चालनमा आएको छ ।

झापाकाे दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्था लि. भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ हजार देखि ८० हजारसम्मको विभिन्न ब्राण्डका साइकलहरुका साथै साइकिलिङमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु समेत पाइन्छ ।

व्यवसाय भन्दा पनि स्वास्थ्यलाई लक्षित गरि दमक झापामा सुरु गरिएको इक्युप्मेन्टमा हाइकिङका लागि आवश्यक सामग्रीहरु जुत्ता, झोला, लत्ता कपडा सिलपिङ ब्याग, हाइकिङ स्टिक, टेन्टलगायतका सामग्रीहरु उपलब्ध रहेको छ ।

कतै घुम्न जादा फोहोर देखिएमा त्यसलाई कसरी सफा गर्न सकिन्छ भन्ने कुराहरुमा पनि सुझाव दिने गरि सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका विसनदिप राईले बताए ।

जस्तो कतै घुम्न जादा एउटा चकलेटको खोल एक जनाले टिपेर डिस्पोज गर्छ भने त्यहाँ एक सय जना घुम्न जादा एक सय वटा चकलेटको खोल सफा गर्न सक्ने वातारवण पनि घुम्न सकिने राईले बताए ।

उद्घाटनकाे पहिलाे दिन उपस्थित मध्येका लक्कि ड्र मार्फत उपहारकाे पनि व्यवस्था गरिएकाे थियाे । जसमा दमकका मिलन राईले उपहार प्राप्त गरेका थिए ।

करिव २५ लाख लगानिमा इक्युप्मेन्ट विसनदिप राई र अविन राईले सञ्चालनमा ल्याएका हुन् ।

सम्बन्धित समाचार

सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ । बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको...

भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ। प्रदेश नं. १ मा याक्थुङ/लिम्बु...

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...