भाषा आयोग र कियाचु बिच याक्थुङ/लिम्बु भाषा कार्यान्वयनमा समन्वयका लागि छलफल

,   लिम्बुवान न्युज
                       

ललितपुर, ११ साउन । भाषा आयोगका माननीय अध्यक्ष डा. गोपाल ठाकुर, आयोगका माननीय सदस्यहरू तथा प्रमुख कर्मचारीहरूसँग किरात याक्थुङ चुम्लुङका प्रतिनिधिहरूबीच शुक्रबार काठमाडौंमा छलफल तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश नं. १ मा याक्थुङ/लिम्बु र मैथिली भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय र तयारीका विषयमा विस्तृत छलफल भएकाे छ ।
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन लगायत प्रतिनिधिमण्डलले प्रदेश नं. १ को सामाजिक-सांस्कृतिक विविधता र संविधानद्वारा सुनिश्चित भाषिक अधिकारको सन्दर्भमा मातृभाषामा सेवा प्राप्त गर्ने जनताको अधिकार सुनिश्चित गर्न आग्रह गरेका छन् ।
याक्थुङ (लिम्बु) र मैथिली भाषाको प्रयोग सरकारी कार्यालयहरूमा संस्थागत रूपमा कार्यान्वयन गर्न ठोस कार्ययोजना निर्माणका लागि आयोगसँग सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो।
भेटघाटमा भाषा आयोगका अध्यक्ष डा. ठाकुरले संविधानले प्रत्याभूत गरेको भाषिक अधिकारलाई कार्यान्वयनमा लैजान आयोग प्रतिबद्ध रहेको बताउँदै प्रदेशस्तरीय समन्वय र स्थानीय तहसँगको सहकार्यबाट कार्यान्वयन प्रक्रिया अघि बढाउने बताउनु भयाे ।
उक्त भेटघाट कार्यक्रममा कियाचु उपाध्यक्ष गाेविन्द अाङबुङ, महासचिव निरन्ती तुम्बापाे, काेषाध्यक्ष अमर तुम्याहाङ, भाषाविद्ध येहाङ लावती लगायत प्रतिनिधिहरूकाे सहभागीता रहेकाे थियाे ।

सम्बन्धित समाचार

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

;