सहिद लाजेहाङको आमाको निधनः आजै अन्त्येष्टि

,   लिम्बुवान न्युज
                       


दमक, ११ साउन । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलनका क्रममा सहिद भएका पदम कुमार लिम्बु लाजेहाङको आमाको निधन भएको छ ।
बिक्रम सम्वत २०१५ साल भदौं चार गते तेह्रथुममा जन्मिएकी धनमाया लिम्बुको ६७ बर्षको उमेरमा साउन १० गते निधन भएको हो ।

केही दिन देखि धरानस्थित विपि मेमोरियल अस्पतालमा उपचार गरिरहनु भएका लिम्बुको अस्पतालबाट रिफर भई बेलबारीस्थित घरमा आइपुग्दा उनको निधन भएको थियो ।

प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको विराटनगरमा २०७९ साल चैत्र ५ गते भएको बृहत जनप्रदर्शनको क्रममा कोशी नाम खारेजी आन्दोलनमा घाइते भई वैशाख ९ गते पदम लिम्बुको निधन भएको थियो । सरकारले लिम्बुलाई राष्ट्रिय सहिद घोषणा गरेर १० लाख क्षतिपुर्ति समेत प्रदान गरेको छ ।

लिम्बु संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सचिवालय सदस्य तथा लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर समेत थिए ।

आमा धनमायाको याक्थुङ मुन्धुमको धार्मिक परम्परा अनुसार आइतबार (आज) छोरा लाजेहाङको समाधिस्थल नजिक अन्तेष्टि गरिएको छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;