निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

 लिम्बुवान न्युज
                       

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस फिल्म फेस्टिभल–२०२५’ मा केरुङलाई उकृष्ट निर्देशक जुरी अवार्ड प्रदान गरिएको हो ।

लिम्बु भाषाका विभिन्न चलचित्रहरु निर्माण तथा निर्देशक केरुङ्ले राष्ट्रिय÷अन्तराष्ट्रियस्तरको दर्जनौं अवार्ड तथा पुरस्कार प्राप्त गरिसकेका छन् । विगत दुई दशकदेखि चलचित्र लेखन, निर्माण तथा निर्देशनमा क्रियाशील केरुङले चलचित्र ‘चे’मार्फत उक्त अवार्ड प्राप्त गरेका हुन् ।

चलचित्र‘चे’ले लिम्बू याक्थुङहरुको आन्तरिक र बाह्यरुपमा कसरी लास भइरहेका छन् ? भन्ने कथा उठाएको छ । अहिलेको एकाईसौंं शताब्दीमा विकासको नाममा मौलिक, भाषिक तथा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई यस चलचित्रले प्रस्तुत गरेको छ । राज्यको सबै तहका सरकारले विकासको नाममा भत्काइरहेको याक्थुङ लिम्बु आदिवासीहरुको समाधिस्थल नै अतिक्रमण गरिसकेपछि याक्थुङ समुदायमा चे/लास नै प्रमुख समस्याको रुपमा हो भन्ने यथार्थ घटनालाई चलचित्रमा चित्रण गरिएको छ ।

नेपाल लगायत विभिन्न स्थानहरुमा प्रदर्शन गरिएको ‘चे’ले याक्थुङ सिने अवार्ड–२०८१, पाँचौ आदिवासी जनजाति चलचित्र महोत्सव–२०८२, बिराट म्युजिक एण्ड फिल्म्स अवार्ड–२०८१, बिशेष चलचित्र पुरस्कार–२०८१ (चलचित्र विकास बोर्ड), लगायत उत्कृष्ट अवार्ड तथा पुरस्कारहरु प्राप्त गरिसकेको छ ।

फेस्टिभलमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, एडिन्बराका सांसद फेजल चौधरी लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । नेपाल स्कटल्याण्ड एसोसिएसनसँग फेष्टिभल आयोजनाका लागि नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्रकर्मी महासंघ, प्रदेश नं.१ ले सहकार्य गरेको चलचित्रकर्मी महासंघका अध्यक्ष अरुणकुमार प्रधानले जानकारी दिए ।

महोत्सवमा उत्कृष्ट अभिनेता दयाहाङ राई, उकृष्ट निर्देशक मिलन चाम्स, उत्कृष्ट अभिनेत्री मिरुना मगर, उत्कृष्ट चरित्र अभिनेता माओत्से गुरुङलगायत लघुचलचित्र, डकुमेन्ट्री, आदिवासी जनजाति चलचित्र र आदिवासी विषयमाथि बनेका चलचित्रहरुलाई २० विधामा अवार्ड वितरण गरिएको थियो ।

हङकङ, कोरिया र साउदी अरबमा प्रदर्शन हुँदै

चलचित्र ‘चे’ आगामी १७ अगष्ट २०२५ मा हङकङमा, ४ अक्टोबर २०२५ मा सौल कोरियामा र २७ नोभेम्बर २०२५ मा दमाम साउदी अरबियामा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...