रुक्साना द भ्वाइस किड्सको टप फाइनलमा प्रवेश, द भ्वइसको स्टेज लिम्बुमय बन्यो

,   लिम्बुवान न्युज
                       

काठमाडौं, २५ पुष । नेपालको चर्चित रियालिटी शो ‘भ्वइस अफ किड्स’को शनिबारको शो लिम्बू भाषा, संस्कृति र लिम्बू भेषभूषामय भएको छ ।

फाइनल राउण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज नै लिम्बू संस्कृतिमय बनाएकी हुन् ।

लिम्बुले टप ८ मा प्रवेश गर्नै लाग्दा पहिलो अन्तरा लिम्बु भाषाको ‘खेप्सेम्मे खेप्सेम्मे तेङ्जुमसे’ बोलको गीतले स्टेज लिम्बु भाषामय बनेको थियो । जितेन राईको चर्चित पूर्वेली लोक गीत ‘मालिङ्गो काटी नि लैलै विनायो बाजा’ वोलको गीत प्रस्तुत गरेकी थिइन् । जुन प्रस्तुतीलाई दर्शक तथा कोचहरुले अत्याधिक मन पराएका थिए भने चारै जना कोचहरु छमछमी नाचेका थिए । सबैले उनको प्रस्तुतीको उच्च प्रशंसा गरेका छन् ।

रुक्सानाको लिम्बूमय प्रस्तुती त्यातिमै सिमित रहेन उनले लगाएको लिम्बू ड्रेस (ढाकाको कपडा) नाकको डुंग्री, साम्याङ फुङ, चन्द्रहार, कण्ठ लगायतको भेषले स्टेजको चमक नै अर्कै बनाएको थियो । मौलिक पहिचान झल्कने पोशाकले स्टेज चम्किएको थियो ।

भ्वइस किड्सको स्टेज रुक्सानाको प्रस्तुतीको प्रसंसा गर्दै भाषा संस्कृति रुची राख्ने कोच राजु लामाले आफ्नो भाषा संस्कृति नरहे हामी मान्छे मात्रै रहेर अर्थ नहुने भन्दै उनको प्रस्तुतीसँगैको भाषा र भेषभूषाको समेत प्रशंसा गरेका थिए ।

यसैगरी अर्की कोच मिलनले त झनै स्टेजमै लिम्बू भाषाको गीत गाएर झनै लिम्बू मय बनाइ दिएका थिए । उनले पनि रुक्सानाको प्रस्तुती र भेषको उच्च प्रशंसा गरिन् ।

रुक्सानाको आफ्नै कोच प्रमोद खरेलले पनि रुक्सानाको प्रस्तुती र भाषा, भूषालाई प्रशंसा गर्दै स्टेज लिम्बू संस्कृतिमय बनाउन कुनै कन्जुस्याइ गरेनन् । उनले लिम्बू भाषाबाटै रुक्सानासँग कुराकानी गरे ।

उनले स्टेजमै रुक्सानालाई लिम्बू भाषाबाट भने, ‘तिम्रो प्रस्तुतिले मेरो मन प्रसन्नभयो । सँगै भने आखे केल बे हौँ ? प्रश्नमा रुक्सानाले भनिन् नु आ हौँ ।’ कोच प्रमोदले रुक्साना गाउँनुसँगै सिकाएका कुराहरु छिटै सिक्ने खुवी भएको बताए ।

स्टेजमा अझ रमाइलो के थियो भने रुक्सानाको प्रस्तुतीबा बेला लिम्बू कल्चरल ड्रेसमा दायाँबायाँ उभिएका युवतीहरुका कारण झनै आकर्षक बनेको थियो । अझै रोचक त झन रुक्सानाले लगाएका सबै लिम्बू गहनालाई के के भनिन्छ भनेर होस्ट शुशिल नेपालले सोध्छन् ।

रुक्सानाले विन कुनै रोकावट फरर भन्छन् । नेपालका युवा युवतीले आफ्नो भाषा संस्कृती र भेषभूषा विर्सिदै जाँदा आफ्नो भेषभूषा र भाषा प्रति यतिको ठूलो ज्ञान हुने पक्कै पनि सानो कुरा होइन ।

गत शनिबारको प्रस्तुतिको आधारमा आएको भोटका आधारमा रुक्साना लिम्बू टप ८ मा प्रवेश गरेकी छन् । अब आगामी शनिबार एकै पटक भ्वइस किड्सको विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोह असोज १८ गते खुलामञ्चमा हुने

काठमाडौँ, १३ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आगामी असोज १८ गते काठमाडौँको खुलामञ्चमा आयोजना हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै असोज १८ गते दिउँसो २:०० बजे महाधिवेशनको औपचारिक...

झापा बुद्धशान्ती-४ का २६ परिवारले पाए लालपुर्जा

झापा, १३ असोज / भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ स्थित शान्तिनगरका २६ जना अव्यवस्थित बसोबासीलाई औपचारिक रूपमा लालपुर्जा वितरण गरेको छ। सोमबार आयोजित एक कार्यक्रमका बीच भूमि समस्या...

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

;