रुक्साना द भ्वाइस किड्सको टप फाइनलमा प्रवेश, द भ्वइसको स्टेज लिम्बुमय बन्यो

 लिम्बुवान न्युज
                       

काठमाडौं, २५ पुष । नेपालको चर्चित रियालिटी शो ‘भ्वइस अफ किड्स’को शनिबारको शो लिम्बू भाषा, संस्कृति र लिम्बू भेषभूषामय भएको छ ।

फाइनल राउण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज नै लिम्बू संस्कृतिमय बनाएकी हुन् ।

लिम्बुले टप ८ मा प्रवेश गर्नै लाग्दा पहिलो अन्तरा लिम्बु भाषाको ‘खेप्सेम्मे खेप्सेम्मे तेङ्जुमसे’ बोलको गीतले स्टेज लिम्बु भाषामय बनेको थियो । जितेन राईको चर्चित पूर्वेली लोक गीत ‘मालिङ्गो काटी नि लैलै विनायो बाजा’ वोलको गीत प्रस्तुत गरेकी थिइन् । जुन प्रस्तुतीलाई दर्शक तथा कोचहरुले अत्याधिक मन पराएका थिए भने चारै जना कोचहरु छमछमी नाचेका थिए । सबैले उनको प्रस्तुतीको उच्च प्रशंसा गरेका छन् ।

रुक्सानाको लिम्बूमय प्रस्तुती त्यातिमै सिमित रहेन उनले लगाएको लिम्बू ड्रेस (ढाकाको कपडा) नाकको डुंग्री, साम्याङ फुङ, चन्द्रहार, कण्ठ लगायतको भेषले स्टेजको चमक नै अर्कै बनाएको थियो । मौलिक पहिचान झल्कने पोशाकले स्टेज चम्किएको थियो ।

भ्वइस किड्सको स्टेज रुक्सानाको प्रस्तुतीको प्रसंसा गर्दै भाषा संस्कृति रुची राख्ने कोच राजु लामाले आफ्नो भाषा संस्कृति नरहे हामी मान्छे मात्रै रहेर अर्थ नहुने भन्दै उनको प्रस्तुतीसँगैको भाषा र भेषभूषाको समेत प्रशंसा गरेका थिए ।

यसैगरी अर्की कोच मिलनले त झनै स्टेजमै लिम्बू भाषाको गीत गाएर झनै लिम्बू मय बनाइ दिएका थिए । उनले पनि रुक्सानाको प्रस्तुती र भेषको उच्च प्रशंसा गरिन् ।

रुक्सानाको आफ्नै कोच प्रमोद खरेलले पनि रुक्सानाको प्रस्तुती र भाषा, भूषालाई प्रशंसा गर्दै स्टेज लिम्बू संस्कृतिमय बनाउन कुनै कन्जुस्याइ गरेनन् । उनले लिम्बू भाषाबाटै रुक्सानासँग कुराकानी गरे ।

उनले स्टेजमै रुक्सानालाई लिम्बू भाषाबाट भने, ‘तिम्रो प्रस्तुतिले मेरो मन प्रसन्नभयो । सँगै भने आखे केल बे हौँ ? प्रश्नमा रुक्सानाले भनिन् नु आ हौँ ।’ कोच प्रमोदले रुक्साना गाउँनुसँगै सिकाएका कुराहरु छिटै सिक्ने खुवी भएको बताए ।

स्टेजमा अझ रमाइलो के थियो भने रुक्सानाको प्रस्तुतीबा बेला लिम्बू कल्चरल ड्रेसमा दायाँबायाँ उभिएका युवतीहरुका कारण झनै आकर्षक बनेको थियो । अझै रोचक त झन रुक्सानाले लगाएका सबै लिम्बू गहनालाई के के भनिन्छ भनेर होस्ट शुशिल नेपालले सोध्छन् ।

रुक्सानाले विन कुनै रोकावट फरर भन्छन् । नेपालका युवा युवतीले आफ्नो भाषा संस्कृती र भेषभूषा विर्सिदै जाँदा आफ्नो भेषभूषा र भाषा प्रति यतिको ठूलो ज्ञान हुने पक्कै पनि सानो कुरा होइन ।

गत शनिबारको प्रस्तुतिको आधारमा आएको भोटका आधारमा रुक्साना लिम्बू टप ८ मा प्रवेश गरेकी छन् । अब आगामी शनिबार एकै पटक भ्वइस किड्सको विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...