लिम्बुवानको पहिलो पदाधिकारी बैठक बस्दै

,   लिम्बुवान न्युज
                       

दमक, २७ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रथम बैठक बस्ने जनाएको छ । मञ्चको यहि मंसिर २४ र २५ गते धरानमा सम्पन्न तेस्रो प्रान्तीय अधिवेशन पश्चात पहिलो बैठक बस्न लागेको हो ।

संघीय अध्यक्ष कुमार लिङदेन ‘मिराक’ज्यूको उपस्थितिमा लिम्बुवानको नौ जिल्ला भित्र संगठनलाई मजबुत, शसक्त र सुदृणीकरण गर्दै आगामी कार्यक्रम र चुनाव लक्षिक कार्यक्रमहरुलाई तिब्र रुपमा अघि बढाउने लगायतका महत्वपूर्ण एजेण्डाहरुमा बैठक बस्न लागेको उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले बताएका छन् ।

विगत १६ बर्ष देखि निरन्तर पहिचान, संघीयता, सह–अस्तित्व, समुदायिक समाजवाद र इकोइकोनोमीको वकालात गर्दै आईरहेको मञ्चले १०+१ प्रान्त पुनः संरचना गरेमात्र नेपालको संघीयताले पूर्णता पाउने भनी मुद्दामा केन्द्रित लक्षित कार्यक्रमहरु गर्दै आइरहेको छ । अहिलेको सात प्रदेशले पहिचान र अस्तित्व रक्षा नगर्ने भन्दै त्यसको बिरोध गरिरहेको मञ्चले सबै कलस्टरहरुलाई मिलाएर लानको लागि प्रान्तहरु पुनः निर्माण गर्नुपर्ने बताउँदै आएको छ ।

२०६२ सालमा स्थापित भएको मञ्चले सयौं आन्दोलन र कार्यक्रमहरु गर्दै संघीयताको पक्षमा उभिएर लिम्बुवान आन्दोलनलाई उच्चाईमा पुराएको भन्दै यो आन्दोलनलाई रक्षा गर्नको निमित्त पनि पार्टीलाई चलायमान बनाउनलाई समेत यो बैठकले महत्वपूर्ण निर्णय गर्दै संगठन निर्माणमा जोड दिदैं पहिचानको क्रान्तिमा उभिन्न लिम्बुवानबासीलाई अनुरोध गर्नलाई पनि बैठक अपरिहार्य भएको उपाध्यक्ष इम्बुङ्ले बताउनु भएको छ ।

एक दिनमात्र हुने सो बैठक झापाको दमकमा बस्ने पार्टी स्रोतले बताएको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;