दमक एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर संवाददाता । चिकित्सकको गलत उपचारका कारण आफनो नाबालक शिशुको मृत्यु भएको भन्दै मंगलबार साँझ दमकस्थित एड्भान्स मल्टिस्पेशियालिटी हस्पिटलमा तोडफोड भएको छ ।

एक साता अघि बिरामी भएर उपचारका लागि ल्याइएका इलाम चुलाचुलीका डेढ महिनाका एक शिशुको उपचारमा अस्पतालको त्रुटीका कारण आज धरानमा मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गरेको हो ।

तोडफोडका कारण अस्पतालको महत्वपूर्ण भागहरुमा क्षति पुगेको प्रहरीले जनाएको छ । शिशुका आफन्तहरुले दोषी चिकित्सकलाई कारवाही गर्न माग राख्दै प्रर्दशनमा उत्रिएपछि अस्पताल तनावग्रस्त बन्न पुगेको थियो ।

सो घटनापछि अवस्थालाई सामान्य बनाउने प्रयास स्वरुप इलाका प्रहरी कार्यालय दमकमा अहिले पीडित पक्ष र अस्पताल प्रशासनका प्रतिनिधिहरुबीच संवाद थालिएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...