प्रदेश १ सरकारद्वारा सत्तारुढ दललाई भाग पुरयाउन मन्त्रालय फुटाउने तयारी

 लिम्बुवान न्युज
                       

विराटनगर, २८ पुष । प्रदेश १ कामा सत्तारुढ दलहरुलाई भाग पुरयाउन मन्त्रालय फुटाएर १२ वटा बनाइने जनाइएको छ ।

प्रदेश १ मा हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय छन् । अब तीनवटा मन्त्रालय फुटाएर १२ बनाउने मुख्यमन्त्री राजेन्द्र राईको तयारी रहेको बताइएको छ । सत्तारुढ दलका आकांक्षीहरुको व्यवस्थापनका लागि राज्यमन्त्रीहरु पनि राख्दा मन्त्रिपरिषदको सदस्य संख्या १६/१८ पुग्ने नेताहरु बताउँछन् ।

१६ कात्तिकमा मुख्यमन्त्री बनेका राई नेतृत्वको प्रदेश सरकारमा हाल नेपाली कांग्रेसबाट दुई तथा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट एक–एक जना मन्त्री छन् । कांग्रेसका केदारबहादुर कार्की आन्तरिक मामिला तथा कानून र हिमाल कार्की भौतिक पूर्वाधार विकासमन्त्री छन् भने माओवादी केन्द्रका इन्द्र आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री छन् ।

जनता समाजवादी पार्टीका जयराम यादव सामाजिक विकासमन्त्री र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री छिन् ।

अब उद्योग, पर्यटन, वन तथा वातावरण र भूमि व्यवस्था कृषि तथा सहकारी गरी दुई मन्त्रालय मात्र खाली छ । जबकी सत्तारुढ दलहरुबीच भएको भागवण्डाअनुसार कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले २–२ मन्त्रालय पाउनै बाँकी छ । यो भागवण्डाअनुसार दलहरुलाई भाग पु¥याउन सामाजिक विकास, भौतिक पूर्वाधार र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाउने सत्तारुढ गठबन्धनको तयारी छ ।

मन्त्रालय विभाजन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको संयोजकत्वमा कार्यदल बनेको थियो । कार्यदलका संयोजक एवं आर्थिक मामिलामन्त्री आङ्बोले प्रदेशको आवश्कताका आधारमा मन्त्रालय विस्तार गरिने बताए । नेताहरुले भने कार्यदलकै सिफारिसका आधारमा मन्त्रालय संख्या बढाएर मुख्यमन्त्रीको कार्यालयसहित १२ पु¥याउने सहमति भएको बताएका छन् ।

सत्तारुढ दलका नेताहरुले मन्त्रिपरिषद् विस्तारका लागि अझै केही दिन बताएका छन् । १२ माघमा राष्ट्रियसभाको निर्वाचन हुँदैछ । स्थानीय तहका प्रमुख तथा उपप्रमुख र प्रदेशसभा सदस्य मतदाता हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनले प्रदेश १ तर्फका तीन सिटमा साझा उम्मेदवार तय गरेका छन् । तर प्रमुख विपक्षी एमालेसँग गठबन्धनको मतभार निकै कम अन्तरले मात्र बढी छ ।

तत्काल मन्त्रिपरिषद् विस्तार गर्दा राष्ट्रिय सभा निर्वाचनमा असर गर्ने सम्भवना रहेको सत्तारुढ दलका तेताहरु बताउँछन् । त्यसैले राष्ट्रियसभा निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । कांग्रेस, संसदीय दलका नेता राजीव कोइरालाले पनि मन्त्रिपरिषद् विस्तार राष्ट्रियसभा निर्वाचनपछि नै हुने बताउँछन् । (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...