दमक नगरद्वारा शिक्षण संस्थाहरु बन्द गर्न आव्हान

 लिम्बुवान न्युज
                       

दमक, २८ पुस । दमक नगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गर्न निर्देशन गरेको छ । पछिल्ला समय कोभिड –१९को जोखिम बढेको भन्दै संघीय सरकारले माघ १५ गतेसम्म देशभरिका शिक्षण संस्थाहरु बार्षिक विदामा मिलान हुने गरि बन्द गर्ने निर्णय गरेसंगै नगरपालिकाले पनि नगर भित्रका विद्यालयलाई निर्णय कार्यान्वयन गर्न भनेको हो ।

बुधबार नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले विज्ञप्ति जारी गरि पुस २७ गतेदेखि माघ १५ गतेसम्म नगर भित्रका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई भौतिक रुपमा उपस्थिति गराएर पठनपाठन गर्ने कार्य बन्द गर्न अनुरोध गरेको छ ।

नगरपालिकाले जारी गरेको पत्रमा शिक्षण सिकाई सहजीकरण निर्देशका २०७७ को व्यवस्था मिलाई बैकल्पिक विधिबाट शिक्षण सिकाई क्रियाकलापलाई निरन्तरता दिन निर्देशन गरिएको उल्लेख छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...