लिम्बुवान प्रान्तीय कार्यालय दमकमा रहने

,   लिम्बुवान न्युज
                       

दमक, २८ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय दमकमा रहने भएको छ । बुधबार मञ्चका अध्यक्ष कुमार लिङदेन मिराकको अध्यक्षतामा बसेको पहिलो पदाधिकारी बैठकले सो कुरा निर्णय गरेको हो ।

प्रान्तीय मञ्चको स्थापना काल देखि नै दमकबाट कार्यालय संचालन गरिएको थियो । बिचमा इटहरीबाट प्रान्तीय कार्यालय संचालनमा ल्याइएको भएपनि त्यति प्रभावकारी ढंगबाट कार्यालय संचालन हुन नसकेको हुँदा दमकमै कार्यालय स्थापना गर्ने गरी प्रान्तीय उपमहासचिव धनराज सुब्बाको संयोजकत्वमा कार्यालय व्यावस्थापन गर्ने गरी एक कार्यदल गठन भएको छ ।

यसैगरी बैठकले लिम्बुवानका सबै जिल्लाहरुमा प्रदेश क्षेत्रीय समिति र प्रतिनिधि क्षेत्रीय समितिहरुलाई शसक्त रुपमा संगठित गर्ने गरी उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्को संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिले एक हप्ता भित्र नौ जिल्लामा कसरी संगठन निर्माण गर्ने बारे कार्यनीति बनाउने जिम्मेवारी दिइएको छ ।

प्रान्तीय अधिवेशनबाट निर्वाचित समितिमा रिक्त रहेको प्रान्तीय अर्थसचिवमा सचिव दिलु लिङ्देन लावतीलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी मञ्चको अनुशासन तथा आचार संहिता लेखनको लागि संघीय महासचिव अशोक चेम्जोङलाई जिम्मेवारी दिइएको छ । भने आर्थिक विनियम लेखनको लागि उपाध्यक्ष अम्बर बहादुर पन्धाकलाई जिम्मेवारी दिइएको छ ।

बैठकलाई मञ्चका प्रान्तीय महासचिव दिलकुमार लावतीले सहजिकरण गरेका थिए । बैठकमा संघीय उपाध्यक्ष तथा प्रदेश १ का सामाजिक विकास राज्य मन्त्री माननीय विष्णु तुम्बाहाम्फे, महासचिव अशोक चेम्जोङ, संस्थापक सदस्यद्वय देउकुमार निङलेखु, सुरेन्द्र लिम्बु नोनाम, संघीय सचिव भविराज तुम्बापो, प्रदेश समन्वय समिति उपसंयोजक चन्द्रसिं नेम्बाङ, संघीय अर्थ सचिव सुर्यमान आङबुहाङ, प्रदेश समन्वय समिति सचिवद्वय सागर केरुङ र नन्द कुमार मेन्याङ्बोको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;