मिलन लिम्बु लिम्बुवान मञ्चको लेटाङ १ धनबारे टोल संयोजकमा मनोनित

,   लिम्बुवान न्युज
                       

लेटाङ, २८ पुष । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल लेटाङ नगर समितिको पहलमा वडा नं. १ धनबारे टोलमा मिलन लिम्बुको संयोजकत्वमा तदर्थ समिति गठन भएको छ ।

मञ्चका मोरङ अध्यक्ष जीवन खेवा लिम्बुको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा तदर्थ समिति गठन भएको हो । तदर्थ समितिको सदस्यहरुमा मणि लिम्बु, आईत लिम्बु, कविन्द्र लिम्बु, विक्रम लिम्बु, सन्तोष लिम्बु, पावल लिम्बु, बुद्ध लिम्बु, प्रेम खजुम लिम्बु, भक्त बहादुर लिम्बु, भिम बहादुर लिम्बु, कृष्ण बहादुर लिम्बु, जितेन्द्र लिम्बु, लाख बहादुर लिम्बु, शान्ती राम लिम्बु, दिलमाया लिम्बु, धनमाया लिम्बु, इन्द्र माया लिम्बु, दिल कुमार लिम्बु, सुरेन्द्र लिम्बु र मेष माया लिम्बु रहेका छन् ।

कार्यक्रम लेटाङ नगर अध्यक्ष किशोर राईको अध्यक्षतामा भएको थियो । त्यसैगरी नगर उपाध्यक्ष भवानी माखिम, दिनेश लिङदम त्यसैगरी सदस्यहरु भिम मिभक, चन्द्र लिङ्दम र मिलन लिम्बुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम नगर सचिव राम माखिमले संचालन गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस लगायत पार्टीहरूबाट २० जना युवाहरू पार्टी प्रवेश गरेकाे नगर अध्यक्ष राइले बताएका छन् ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;