३ वडाध्यक्ष सहित १६ जनप्रतिनिधि रेशम चौधरीको नयाँ पार्टीमा आबद्ध

 लिम्बुवान न्युज
                       

कैलाली, २९ पुष । कैलाली जिल्ला टीकापुर नगरपालिकाका कांग्रेस समर्थित १६ जना जनप्रतिनिधि रेशम चौधरीको नयाँ दल नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएका छन् । टीकापुरका कांग्रेसका १६ जना जनप्रतिनिधिले पार्टीले मागेको स्पष्टीकरणको उत्तर दिदैं आफूहरु स्वतन्त्ररुपमा रेशम चौधरीको नयाँ दलमा आबद्ध रहेको खुलासा गरेका हुन् ।

विज्ञप्ति मार्फत टीकापुर ३ का वडाध्यक्ष रामसेवक महतो, ४ का वडाध्यक्ष लालवीर चौधरी, ५ का वडाध्यक्ष रामशंकर डगौरा थारु र कार्यपालिका सदस्य रमेश विकले नयाँ पार्टी रोजेको जनाएका छन् ।

त्यसरी नै वडा २ का सदस्य चक्र चौधरी, वडा ३ का सदस्य विना चौधरी र भागीदेवी कामी, वडा ४ का सदस्य तुल्सा विक, रुपमति द. थारु, सदस्य कन्हैया चौधरी, आशा थारु, सरिता भूल र प्रेमलाल चौधरी, वडा ५ का वडासदस्य वलिराम चौधरी, वडा ६ का वडा सदस्य जमुना चौधरी र रामशंकर चौधरीले पनि आफूहरुले कांग्रेस परित्याग गरी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएको संयुक्त विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।

कांग्रेसले पुष २४ गते उनीहरुलाई नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भए नभएको लिखित स्पष्टीकरण माग गरेको थियो । लिखित जवाफ माग भएपनि आफूहरुले एक कार्यक्रमबीच सार्वजनिक गर्दै आफूहरु कांग्रेस परित्याग गरी रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा आबद्ध भएको विज्ञप्ति मार्फत जनाएका छन् ।

रेशम चौधरीले श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाई गत पुष २० गते नयाँ दल दर्ता गरी विभिन्न जिल्लामा संगठन विस्तार गरिरहेका छन् ।

 

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...