दमकमा लिम्बू चलचित्र ‘थेत्लङ’ को विशेष प्रदर्शनी हुने

 लिम्बुवान न्युज
                       

दमक, २९ पुष । झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी हुने भएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि उक्त चलचित्रको प्रदर्शनी हुने संयोजक विक्रम वनेम फागोले लिम्बुवान खबरलाई बताएका छन् । चलचित्र मनिकुमार सुव्वा र बी. राज लिम्बूको निर्माणमा सागर केरुङको पटकथा तथा सम्बाद र किशोर सुब्बाको निर्देशन रहेको छ । चलचित्रको विर्तामोडमा समेत प्रदर्शन गरिएको थियो ।

लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी याक्थुङ मुन्चईत चोक सयङको संयोजनमा लिम्बू बिध्यार्थी मञ्च झापा, याक्थुङ युवा मञ्च झापा, किरात याक्थुङ चुम्लुङ झापा र किरात याक्थुङ चुम्लुङ दमक नगरले संयुक्त रुपमा आयोजना गर्ने भनिएको छ ।

चलचित्र ‘थेत्लङ’ को बिशेष पदर्शनी हुर्न याक्थुङ मुन्चईत चोक सयङका महासचिव समेत रहेका थेत्लङ बिशेष प्रदर्शन समितिका संयोजक वनेमले सबैमा आग्रह गरेका छन् ।

सिक्किमेली साहित्यकार देउमान लिम्बूको उपन्यास ‘थेत्लङ’ लाई पर्दामा उतारिएको चलचित्रमा बिशाल सेनेहाङ लिम्बू र दिव्या लिम्बूको मुख्य अभिनय रहेको छ ।

हेमन तामाङको छायाँकन, सम्पादन तथा ड्रोन छायाँकन रहेको चलचित्रमा देउमान लिम्बू, सागर केरुङ, दिलसिं मेन्याङबो र यादन सेर्माको गीत, कुल्बा सुव्वा, राजु आङदेम्बे, पविन आङदेम्बे र मनि ताम्लिङको संगीत रहेको छ ।

सम्बन्धित समाचार

पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको...

महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती...

इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र...

इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् । संघर्ष समितिले बिहीबार...