दमकमा लिम्बू चलचित्र ‘थेत्लङ’ को विशेष प्रदर्शनी हुने

,   लिम्बुवान न्युज
                       

दमक, २९ पुष । झापाको दमकस्थित गोर्खा डिपार्टमेन्टको हलमा लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी हुने भएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि उक्त चलचित्रको प्रदर्शनी हुने संयोजक विक्रम वनेम फागोले लिम्बुवान खबरलाई बताएका छन् । चलचित्र मनिकुमार सुव्वा र बी. राज लिम्बूको निर्माणमा सागर केरुङको पटकथा तथा सम्बाद र किशोर सुब्बाको निर्देशन रहेको छ । चलचित्रको विर्तामोडमा समेत प्रदर्शन गरिएको थियो ।

लिम्बू भाषाको चलचित्र ‘थेत्लङ’ को बिशेष प्रदर्शनी याक्थुङ मुन्चईत चोक सयङको संयोजनमा लिम्बू बिध्यार्थी मञ्च झापा, याक्थुङ युवा मञ्च झापा, किरात याक्थुङ चुम्लुङ झापा र किरात याक्थुङ चुम्लुङ दमक नगरले संयुक्त रुपमा आयोजना गर्ने भनिएको छ ।

चलचित्र ‘थेत्लङ’ को बिशेष पदर्शनी हुर्न याक्थुङ मुन्चईत चोक सयङका महासचिव समेत रहेका थेत्लङ बिशेष प्रदर्शन समितिका संयोजक वनेमले सबैमा आग्रह गरेका छन् ।

सिक्किमेली साहित्यकार देउमान लिम्बूको उपन्यास ‘थेत्लङ’ लाई पर्दामा उतारिएको चलचित्रमा बिशाल सेनेहाङ लिम्बू र दिव्या लिम्बूको मुख्य अभिनय रहेको छ ।

हेमन तामाङको छायाँकन, सम्पादन तथा ड्रोन छायाँकन रहेको चलचित्रमा देउमान लिम्बू, सागर केरुङ, दिलसिं मेन्याङबो र यादन सेर्माको गीत, कुल्बा सुव्वा, राजु आङदेम्बे, पविन आङदेम्बे र मनि ताम्लिङको संगीत रहेको छ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;