दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
विराटनगर, १ माघ । प्रदेश नं. १ का प्रदेश प्रमुख माननीय परशुराम खापुङद्वारा माघे संक्रान्तिको अवसरमा शुभकामना व्यक्त भएको छ ।
थारु जातिको माघी पर्व, किरातहरूको यलम्बर वर्ष, लिम्बूहरूको कक्फेक्वा तङ्नाम, मगर, छन्त्याल तथा खस ब्राम्हण समुदायले मान्ने माघे संक्रान्तिको शुभकामना दिनुहुँदै उहाँले भन्नुभएको छ –“प्रकृतिसँग अभिन्न नाता गाँसिएको नेपालमा विभिन्न बद्लिरहने मौसमसँगै चाडपर्वहरू पनि पर्ने गर्दछन् । र, यसलाई हामीले मनाउँदै आएका छौं । प्रकृतिकै सेरोफेरोमा मनाइने चाड माघे संक्रान्तिको अवसरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सद्भाव, सहिष्णुता, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।”
माघे संक्रान्तिलाई मानिसले सामाजिक तथा कृषिजीवनमा प्रवेश गर्दादेखिको चाड भएको बताउनुभएको छ । सामाजिक तथा कृषिजीवनमा प्रवेश गरेसँगै जमिनमा उब्जने अन्नबाली, फलफलेदोलाई प्रकृतिलाई नै चढाउनेदेखि बालीनाली लगाउँदा, थन्क्याउँदा पनि उत्सव मनाउने गरेको उहाँको भनाई छ ।
त्यसैगरी यस चाडले नेपाली सहिष्णुतालाई जोड्ने गरेको, भइपरी आउँदा तरुल, भ्याकुर खाएर पनि बाँच्नुपर्छ भन्ने सामाजिक सन्देश दिएको कुरालाई आफ्नो शुभकामना पत्रमा जनाउनुभएको छ ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...