दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
सेसेहाङ चोङबाङ, तेह्रथुम ।
फेदाप, १ माघ । पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएके छ । फेदाप पोक्लाबाङ स्पोर्टिङ क्लबको सभाहलमा आयोजित साधारणसभा बृहतरुपले सम्पन्न भएको हो ।
१८ थरी लिम्बुहरुले आफ्नो उद्गम भुमी माङ्गेन्ना यक पोक्लाबाङलाई मान्ने गरेका छन् । फेदाप पोक्लाबाङ एक ऐतिहासिक स्थल पनि हो । यस संस्था गत बर्षको फागुन २५ र २६ गते पोक्लाबाङ भेलाले स्थापना गरि २०७८ साउन ११ गते जिल्ला प्रसासन कार्यालय तेह्रथुममा बिधिगत दर्ता सम्पन्न गरिएको थियो ।
साधारणसभा सभाको उद्घाटन कार्यक्रम सुरु हुनु पुर्व बिहान माङ्गेन्ना यकमा १८ थरी सयङहरुको सामुहिक माङहुक्वा वादेम्मा कार्यक्रम समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि फेदाप गाउँपालिका अध्यक्ष हरि प्रसाद हुक्पाचोङबाङले दिप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी चोङबाङले यश संस्थाको उन्नति र बिकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनु भएको थियो । उहाँले फेदाप बिकासको लागि यस संस्था र फेदाप सरकारले हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा फेदाप गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर भट्टराई, हुक्पाचोङबाङ कल्याण संघका सचिब देवराज हुक्पाचोङबाङ, निङ्लेकु उत्थान संघका प्रतिनिधि नन्द प्रसाद निङ्लेकु, आङ्बुङ समाजका अध्यक्ष धन सुन्दर आङ्बुङ, सिङ्गक समाज नेपालका नर बहादुर सिङगक, याक्थुङ पङ्धाक संघका लोकमान पंधाक, याक्थुङ तेयुङ संजुम्भोका कृष्ण तेयुङ, हुक्पामादेम्बा समाजका अध्यक्ष चन्द्र बहादुर मादेम्बा, याक्थुङ खापुङहाङ संजुम्भोका इन्द्र बहादुर खापुङ लुम्फुङ्वा कल्याणकारी संघका राज्य प्रसाद लुम्फुङवा, पाहिम जागरण समाजका लोकमान पाहिम सम्बाहाङ्फे उत्थान संघका लोक ब सम्बाहाङ्फे र मुसाहाङ समाजका डिल्लीस्वर मुसाहाङले आ–आफ्नो धारणा राखेका थिए ।
साधारणसभाले १८ बुँदे कार्यपत्र समेत पारित गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङ्को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम संस्थाका महासचिव टेक बहादुर खापुङले संचालन गरेका थिए । भने स्वागत मन्तव्य राजकुमारी सिङ्गकले राखेकि थिइन् ।
कार्यक्रममा लिम्बुहरुको महान चार्ड कक्फेक्वा तङनाम तथा येले तङ्बे ५०८२ को शुभकामना आदानप्रदान कार्यक्रम समेत सहभागीहरुबिच भएको थियो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...