पोक्लाबाङ यकको अतिक्रमण रोक्न माग

 लिम्बुवान न्युज
                       

फेदाप, २ माघ । पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएपछि आज संस्थाको पारित रणनीति तथा कार्यक्रमहरु प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

आइतबार सम्पन्न साधारणसभाले फेदाप क्षेत्रका ऐतिहासिक भुमिहरुलाई जिवन्त राख्न सबै खाले गतिविधि अघि बढाउने घोषणा गरेको हो । संस्थाका अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङ्ले हस्ताक्षर गर्नुभएको विज्ञप्तिमा उक्त बिषयहरु उल्लेख गरिएको छ ।

फेदाप पोक्लाबाङमा भइरहेको माङ्गेन्ना थामरुङ अतिक्रमण रोक्न फेदाप गाउँपालिकालाई समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।

आइतबार फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङबाङको कार्यकक्षमा गएर उक्त विज्ञप्ति हस्तान्तरण गरेको थियो । संस्थाले आगामी दिनहरुमा साहित्यिक, भाषिक, सांस्कृतिक, धार्मिक तथा सामाजिक एवं भुमि अधिकार, बाताबरण, जलवायु लगायतको क्षेत्रमा समेत काम गर्ने विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

सम्बन्धित समाचार

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...

पहिचानवादी साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगिम)ले पाए चुनाव चिन्ह ‘मुढा’

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन । मंगलबार निर्वाचन...

आजबाट निर्वाचन आचारसंहिता लागू

दमक, चैत्र २८ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम जिल्लाको क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर...

पहिचानवादीहरुको साझा उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित २० जनाको उम्मेदवारी मनोनयन

इलाम, २५ चैत्र। १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि पहिचानवादीहरुको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु (थेगीम) सहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी २० जनाले मनोनयन दर्ता गराएका छन् । शनिबार इलामस्थित मुख्य...