
लिम्बुवानखबर, ४ माघ । प्रदेश नं. २ को नामाकरण र राजधानी तोक्न सफल भएकोमा खुशीयालीमा मंगलबार मधेश सरकारले सार्वजनिक विदा घोषणा गरेको छ ।
सोमबार भएको प्रदेश सभाको मतदानसँगै प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तयभएपछि सो खुशीयालीमा प्रदेशले सार्वजनिक विदा घोषणा गरेको हो । मगलबार मधेस प्रदेशका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले सार्वजनिक बिदाको घोषणा गरेका हुन् ।
चार वर्षपछि प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी छनोट गर्न सफल भएको छ । मधेसको पक्षमा ८० जना प्रदेशसभा सदस्यले भोट हालेका थिए भने ७८ जना सदस्यहरुले स्थायी राजधानी जनकपुरधामको पक्षमा मतदान गरेका थिए ।