कतारका स्थायी र कामदारले न्यूनतम ११ डलरमा विश्वकप हेर्न पाउने

 लिम्बुवान न्युज
                       

५ माघ, काठमाडौं । कतारमा आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकप फुटबल प्रतियोगिताका लागि टिकटक विक्री शुरु गरेको छ । बुधबारदेखि ‘कतार वर्ल्ड कप’को टिकट बिक्री गर्न थालिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले उल्लेख गरेका छन् ।

कोभिड–१९ लाई लिएर चिन्ता जारी रहेका बेला मूल्य घटाएर विश्वकप फुटबल प्रतियोगिताको टिकट बेच्न थालिएको हो । कतारका स्थायी बासिन्दा र विदेशी कामदारले ११ अमेरिकी डलरमा रंगशालामा गएर विश्वकप फुटबल हेर्न पाउने बताइएको छ । फिफाले कतारी नागरिक र विदेशी कामदारको हकमा एक खेलका लागि टिकेटको न्यूनतम मूल्य ११ अमेरिकी डलर तोकेको फिपा स्रोतले जनाएको छ ।

अन्तर्राष्ट्रिय दर्शकको हकमा भने टिकटको न्यूनतम मूल्य ६९ डलर निर्धारण गरिएको फिफाले जनाएको छ । जुन दर सन् २०१८ को विश्वकपमा तोकिएको भन्दा एकतिहाइले कम हो ।

बाहिरबाट आउने दर्शकका लागि फाइनल खेलको टिकट मूल्य भने १ हजार ६०७ डलरसम्म पुग्न सक्ने समाचारमा जनाइएको छ । तर अधिकारीहरुले अरब मुलुकमा हुन लागेको पहिलो विश्वकपमा रंगशालाभित्र प्रवेश दिइने दर्शकको संख्या भने उल्लेख गरेका छैनन् ।

टिकटका विभिन्न प्याकेजका लागि फेब्रुअरी ८ गतेभित्र आवेदन दिन सकिने जनाइएको छ । ‘¥यानडम ड्र’ बाट छानिएका व्यक्तिलाई मार्च ८ गतेसम्म यसबारे जानकारी गराइने छ ।

आयोजक कतारका अनुसार प्रतियोगिता हेर्न झण्डै १२ लाख मानिस आउनसक्ने बताइएको छ । कतारमा हुने आगामी विश्वकपका लागि विभिन्न ८ वटा रंगशालाहरु निर्माण भएका छन् ।

 

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...