लिम्बुवानले ३६ प्रदेश क्षेत्रमा संगठन विस्तार गर्ने

,   लिम्बुवान न्युज
                       

दमक, ७ माघ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालले नौ जिल्लाको ३६ वटा प्रदेश क्षेत्रमा संगठन विस्तार गर्ने जनाइएको छ । प्रदेश निर्वाचन क्षेत्रलाई लक्षित गर्दै मञ्चले नौ जिल्लाका सबै प्रदेश क्षेत्रमा नयाँ संरचना अनुरुप संगठन विस्तार गर्न लागेको हो ।

शुक्रबार झापाको दमकमा बसेको प्रदेश निर्वाचन क्षेत्र समिति गठन कार्यदलको बैठकले ४४ वटा प्रदेश निर्वाचन क्षेत्र मध्ये ३६ वटा क्षेत्रमा संयोजक तोकेको छ । बाँकी मोरङको ६ र सुनसरीको २ वटा क्षेत्रमा भने केहीदिन पछि तोक्ने संयोजक ज्ञानुहाङ इम्बुङ्ले बताएका छन् ।

बैठकमा निर्णय भएअनुसार ताप्लेजुङ् जिल्ला प्रदेश निर्वाचनक्षेत्र (क) संयोजक– डिबी खुदाङ्, सह–संयोजक– इन्दीरा मेन्याङ्बो, लक्ष्मी मावो, सदस्यहरुः– मेलिना मादेन (रीता), भक्त बहादुर लिम्बु (मेन्याङ्बो) ले जिम्मेवारी पाएका छन् । त्यसैगरी ताप्लेजुङ् जिल्ला प्रदेश निर्वाचनक्षेत्र (ख) संयोजक– विष्णु यक्सो, सह–संयोजक– नविन पोमू, मुक्साम लाबुङ्, सदस्य रुपा चोङबाङ्ले जिम्मेवारी पाएका छन् ।

पाँचथर प्रदेश क्षेत्र (क) संयोजक– सागर केरुङ्, सह–संयोजक– सुनिता केरुङ्, सदस्यहरुः जस बहादुर योङहाङ, मधु केरुङ्, श्री योङया, बुद्धि योङ्या (अमन्त्रितमाः– राम कुमार लिङ्देन) रहेका छन् भने पाँचथर प्रदेश क्षेत्र (ख)को संयोजक–दिपेन्द्र चेम्जोङ ‘लावाहाङ’, सह–संयोजक– प्रेमपुत्र लावती ‘निखा’, सदस्यहरुः भिम सुुनुवार, भक्ति प्रसाद नेम्बाङ, दिल प्रसाद नेम्बाङ्, कविन्द्र सेर्मा, नारायण लावती, भिम सेर्मा रहेका छन् ।

इलाम निर्वाचनक्षेत्र १ को प्रदेश क्षेत्र (क) संयोजक– थाङसाङ लावती, सदस्यहरुः खड्ग गुरुङ, प्रकाश नेम्बाङ्, गणेश मिभक रहेका छन् । इलाम निर्वाचनक्षेत्र १ को प्रदेशक्षेत्र (ख) संयोजक– डुपछिरीङ् काजी, सह–संयोजक– संगम खनाल, सदस्यहरुः डिकी काजी लेप्चा, इन्द्र योङहाङ् छन् भने इलाम निर्वाचनक्षेत्र २ को प्रदेशक्षेत्र (क) संयोजक– शान्ता योङ्हाङ, सह–संयोजक– हेम जवेगु, सदस्यहरुः गोविन्द योङहाङ, दिपक योङहाङ् रहेका छन् । यसरी नै इलाम निर्वाचन क्षेत्र २ को प्रदेशक्षेत्र (ख) संयोजक– सन्तोष तुम्बापो, सह–संयोजक–दिपक योङहाङ, सदस्यहरुः पूर्ण लावती (ध्रुव), दिपक आङदेम्बे, कुमार तुम्बापो (आमन्त्रितः थाङसाङ लावती, दिलकुमार लावती) रहेका छन् ।

तेह्रथुम प्रदेश निर्वाचनक्षेत्र (क) संयोजक– चन्द्र खापुङ्, सह–संयोजक– शंकरमान खेवा, सदस्यहरुः सेसेहाङ हुक्पाचोङबाङ्, पूर्णकला तेयुङ, धनराज सुब्बा, राम चेम्जोङ, गंगालाल सेनेहाङ र दिल पाक्सावा लिम्बुले पाएका छन् । त्यसरी नै तेह्रथुम प्रदेश निर्वाचनक्षेत्र (ख) संयोजक– सुरेन्द्र लिम्बु ‘नुनाम’, सह–संयोजक– देउ कुमार निङ्लेखु, सेसेहाङ हुक्पाचोङबाङ्, सदस्यहरुः– मृगेन इङनाम, राम इङ्नाम रहेका छन् ।

धनकुटा प्रदेश निर्वाचनक्षेत्र (क) संयोजक– विशेन्द्र चेम्जोङ्, सह–संयोजक– चन्द्रसिं नेम्बाङ्, भविराज तुम्सा, सदस्यहरुः धनराज सुब्बा, राम चेम्जोङ, राम गिरी, भूपाल चेम्जोङ् छन् भने धनकुटा प्रदेश निर्वाचनक्षेत्र (ख) संयोजक– मा. विष्णु तुम्बाहाम्फे, सह–संयोजक– अम्बर बहादुर पन्धाक, नन्द कुमार मेन्याङ्बो, सदस्यहरुः पूर्णकला तेयुङ, साजन याक्खा, कमल सिं तिगेला, गंगा हाङ सेनेहाङ, गुरु प्रसाद लिम्बुलाई दिइएको छ ।

संखुवासभा प्रदेश निर्वाचनक्षेत्र (क) संयोजक– शंकरमान खेवा लिम्बु, सह–संयोजक– गंगा लिम्बु (दिपा), सदस्यहरुः साजन याक्खा, एविश्चा लाबुङ, राजकुमार थक्लुङ् रहेका छन् भने संखुवासभा प्रदेश निर्वाचनक्षेत्र (ख) संयोजक– दिल कुमार लावती, सह–संयोजक– ङिमा शेर्पा, सदस्यहरुः सुस्मा कन्दङ्वा, रीता मादेन र राम नेयोङ्ले जिम्मेवारी पाएका छन् ।

सुनसरी निर्वाचनक्षेत्र १को प्रदेश (क) संयोजक– पूर्णकला तेयुङ्, सह–संयोजक–भुपेन्द्र सुन्दर लावती, सदस्यहरुः साजन याक्खा, विवि लिङ्देन, कुमार थेम्सुहाङ्, दिलु सुब्बा, तारा लाबुङ् रहेका छन् । सुनसरी निर्वाचनक्षेत्र १ को प्रदेश (ख) संयोजक– अम्बर बहादुर पन्धाक, सह–संयोजक– गजेन्द्रमान चोङबाङ्क्याक, सदस्यहरुः पूर्णकला तेयुङ, रमेश गजमेर, गंगा राई, अदत लिम्बु, कैलाश गुरुङ् छन् । यसैगरी सुनसरी निर्वाचनक्षेत्र २ को प्रदेश (क) संयोजक– अशोक चेम्जोङ, सह–संयोजक– विक्रम बराईली, सदस्यहरुः जिवन प्रकाश सेर्मा, अशोक सुब्बा, आइन्द्र लिम्बु छन् भने सुनसरी निर्वाचन क्षेत्र २ को प्रदेश (ख) संयोजक– चन्द्र कन्दङ्वा लावासा, सह–संयोजक– पदम तामाङ्, सदस्यहरुः केदार उप्रेती, अब्बास मियालाई जिम्मेवारी दिइएको छ ।

सुनसरी निर्वाचन क्षेत्र ३ को प्रदेश (क) संयोजक– केदार पोख्रेल, सह–संयोजक– बलराम ऋषिदेव, सदस्यहरुः अब्बास मिया, रमहान मिया र सुनसरी निर्वाचन क्षेत्र ३ को प्रदेश (ख) संयोजक– मिजोत्लुङ् लिम्बु, सदस्यहरुः धनपति चोङबाङ, रनहाङ एभेङ्लाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी झापा निर्वाचन क्षेत्र १ को प्रदेश (क) संयोजक– धन ब. पन्धाक, सह–संयोजक–काजीमान ओख्राबो, सदस्यहरुः मिन चम्लागाई, बुद्धिमान तामाङ् रहेका छन् भने झापा निर्वाचन क्षेत्र १ को प्रदेश (ख) संयोजक– मान बहादुर साँवा, सह–संयोजक– लक्ष्मी मावो, सदस्यहरुः काजीमान ओख्राबो, मोहन मावोले पाएका छन् । यसरी नै झापा निर्वाचन क्षेत्र २ को प्रदेश (क) संयोजक– भक्त मेन्याङ्बो, सदस्यहरुः ज्वाला इमबुङ्, राजेन्द्र जवेगु छन भने झापा निर्वाचन क्षेत्र २ को प्रदेश (ख) संयोजक– लक्ष्मी मावो, मोहन मावो रहेका छन् ।

झापा कै निर्वाचन क्षेत्र ३ को प्रदेश (क) संयोजक– यलम्बर खम्बू, सह–संयोजक– संगम खनाल, सदस्यहरुः डिक ब. तामाङ्, लिचन थेवेले पाएका छन् । त्यसैगरी झापा निर्वाचन क्षेत्र ३ को प्रदेश (ख) संयोजक– नन्द कुमार मेन्याङ्बो, सदस्यहरुः अरुणा जवेगु, जस कुमार तामाङ् छन् भने झापा निर्वाचन क्षेत्र ४ को प्रदेश (क) संयोजक– ज्ञान ब. इमबुङ्, सदस्यहरुः भक्त मेन्याङ्बो, राजु राई, प्रकाश लिङ्देन, किरण लिङ्देन, सुमन सम्बाहाम्फे, दिल सेरेङ् (आमन्त्रितमा शान्ता योङहाङ्) रहेका छन् भने झापा निर्वाचन क्षेत्र ४ को प्रदेश (ख) संयोजक– भिम सुनुवार, सह–संयोजक– राजु राई, सदस्यहरुः जस कुमार तामाङ्, दिल सेरेङ्, कमल पौडेल, राम थपलियाले पाएका छन् ।

झापाको निर्वाचन क्षेत्र ५ को प्रदेश (क) संयोजक– विष्णुमाया थापा, सह–संयोजक– देउ कुमार निङ्लेखु, सुरेन्द्र लिम्बु, सदस्यहरुः धनराज सुब्बा, मोहन बेघा, राम चेम्जोङ्, नारायण लावती, प्रमीला पुलामी, चन्द्र कन्दङ्वा, हेम चेम्जोङ् (आमन्त्रितः दिल कुमार लावती र भानुभक्त भट्टराई) रहेका छन् । भने झापा निर्वाचन क्षेत्र ५ को प्रदेश (ख) संयोजक– भानुभक्त भट्टराई, सदस्यहरुः बलनाथ नाल्बो, प्रकाश नेम्बाङ, मनकुमार थलङ्, सुर्य योक्पाङदेन, साजन मोते, सुमन लावती, नरेन्द्र लावती, बसन्त योङहाङ र रवि दाहाललाई तोकिएको संयोजक इम्बुङ्ले बताए ।

यसरी नै मोरङ जिल्ला निर्वाचनक्षेत्र १ को प्रदेश (क) संयोजकमा पार्टी अध्यक्ष कुमार लिङ्देन मिराक, सह–संयोजक– दिल कुमारी लावती लिङ्देन सदस्यहरुः हर्क लिङ्देन, अर्जुन लिङ्देनलाई दिइएको छ । मोरङ निर्वाचनक्षेत्र १ को प्रदेश (ख) संयोजक– ज्ञान बहादुर गुरुङ, सदस्यहरुः चौकीदार तामाङ्, ललित सुब्बा, सुमन चेम्जोङ्लाई तोकिएको छ ।

यसरी नै मोरङ् निर्वाचनक्षेत्र २ को प्रदेश (क) संयोजक– रामचन्द्र थापा मगर, सदस्यहरुः बलराम ऋषिदेव, धनप्रसाद साँवा, थिर बहादुर लावती, शशि लिम्बु र मोरङ् निर्वाचन क्षेत्र २ को प्रदेश (ख) संयोजक– भविराज तुम्सा, सदस्यहरुः विन्द्र नाल्बो, सुर्य खजुम छन् भने मोरङ् निर्वाचन क्षेत्र ३ को प्रदेश (क) संयोजक– दिल कुमारी लावती लिङ्देन, सदस्यहरुः धनप्रसाद साँवा, कृष्ण कन्दङ्वा, शशी लिम्बु अनि मोरङ् निर्वाचन क्षेत्र ३ को प्रदेश (ख) संयोजक– चौकीदार तामाङ्, सदस्यहरुः रामचन्द्र थापा मगर, बम बहादुर मेन्याङ्बो, अरुणा निङ्लेखु जिम्मेवारी दिएको छ । मोरङ क्षेत्र ४, ५ र ६ त्यसैगरी सुनसरीको क्षेत्र नं. ४ अन्तर्गतका प्रदेश क्षेत्रमा भने हाललाई खाली राखिएको संयोजक इम्बुङ्ले बताएका छन् ।

संयोजक इम्बुङ्का अनुसार आगामी एक महिना भित्रमा तोकिएको क्षेत्रमा सबै समितिहरु समेत गठन गर्नु पर्ने बताए । एक महिनाभित्र सबै क्षेत्रको समिति विस्तार गरेर प्रतिवेदन ल्याउन उने भनेका छन् ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;